सिमसिमे पानीमा बोलको गीतबाट प्रसिद्धी कमाएकी गायिका रेखा शाहले यस वर्षको हरितालिका तीजको अवसरमा तीज गीत ‘लहरै आयो तीजैको बरिलै’ को अडियो र भिडियो सार्वजनिक गरेकी छिन्।

टेकेन्द्र नेपालीको शब्द र संगीत रहेको गीतमा पवन रानाभाटको संगीत संयोजन रहेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

रूपेश थापाले छायांकन र निर्देशन गरेको म्युजिक भिडियोमा नेपालका प्रसिद्ध अभिनेतृद्वय श्वेता खड्का र नीता ढुंगानाको नृत्य र अभिनय रहेको छ।

दुई अभिनेतृसँगै गायिका शाहले पनि अभिनय गरेको गीतमा स्मृति तिमिल्सिनाको नृत्य निर्देशन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

भूपेन्द्र खड्काको अडियो प्रोडक्सनमा ‘अ सेरिज नेपाल’ र ‘रेखा शाह फाउन्डेसन’को प्रस्तुति रहेको गीतको भिडियो गायिका शाहकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

हेर्नूहोस् भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर