
काठमाडौँ । कमेडी जनरामा फिल्म ‘किस्ने कहाँ छ ?’ बन्ने भएको छ । निर्माण युनिटले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो । पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छेसँग कुरा गर्दै गरेको देख्न सकिन्छ ।
फिल्मको कथा, पटकथा र संवाद लेखक विनयराज पौडेलले तयार पारेका हुन् । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म हेमन्त बस्नेतले निर्माण गर्न लागेका हुन् ।
फिल्मको कार्यकारी निर्माता ईश्वरवल्लभ उप्रेती रहेका छन् । निर्देशक बस्नेतका अनुसार फिल्मको छायाङ्कन छिट्टै सुरु हुनेछ । कलाकार छनोटको भइरहेको छ ।