दुबई, युएई ,संयुक्त अरब इमिरेट्सको अल-मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको दुबई एयर शो 2025 मा भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ।

दुबईको यो प्रतिष्ठित एयर शोमा भाग लिइरहेका भारतीय वायुसेनाको तेजस विमान बिहीबार दिउँसो २:१० बजे प्रदर्शनका क्रममा जमिनमा खस्दा एक पाइलटको ज्यान गएको पुष्टि गरिएको छ।

https://amzn.to/4myfPN5
भारतीय वायुसेनाले दुर्घटनाको पुष्टि गर्दै पाइलटको निधन भएको जनाएको छ।

घटनाको भिडिओ समाचार संस्था पीटीआईले सार्वजनिक गरेको छ, जहाँ विमान सिधै जमिनतर्फ खसिरहेको देखिन्छ, त्यसपछि एकाएक ठूलो आगो र कालो धुवाँको मुस्लो देखिन्छ।

एयर शोका प्रत्यक्षदर्शीहरूका अनुसार विमान खसेपछि तुरुन्तै आपतकालीन साइरन बज्यो र सुरक्षा निकाय घटनास्थलमा खटिए।

एसोसिएटेड प्रेसका अनुसार, दुर्घटनापछि विमानस्थल वरपर त्रासको वातावरण छाएको थियो।

दुर्घटनाको कारणबारे औपचारिक अनुसन्धान सुरु गरिएको छ। युएई र भारत दुवै देशका अधिकारीहरू घटनाको विस्तृत अध्ययनमा जुटेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर