बिष्णु भट्टराई ‘म्यान अफ द म्याच’, प्रदीप पाण्डे ‘टुर्नामेन्ट अफ द म्याच’ घोषित

वालिङको पिपलटारीमा आयोजित दोस्रो आधिखोला कप क्रिकेट प्रतियोगितामा मिर्मी क्रिकेट क्लबले शानदार प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको छ। फाइनल खेलमा आयोजक टोलीविरुद्ध प्रतिस्पर्धा गरेको मिर्मीले निर्धारित १० ओभरको खेलमा १०७ रनको लक्ष्य दिएको थियो।

https://amzn.to/4myfPN5

जवाफी ब्याटिङमा उत्रिएको आयोजक टोली ८२ रनमै समेटिँदै पराजित भयो। प्रतियोगितामा जम्मा १७ टोलीको सहभागिता रहेको थियो। मिर्मी क्रिकेट क्लबले दिमिक, भिरकोट, नयामिल, आयोजक B र अन्ततः मुख्य आयोजक टोलीलाई पराजित गर्दै उपाधि उचाल्यो।फाइनल खेलमा अविजित ५४ रनको उत्कृष्ट पारी खेल्दै मिर्मीका बिष्णु भट्टराई ‘म्यान अफ द म्याच’ घोषित भए।

पूरे प्रतियोगिता अवधिमा उत्कृष्ट प्रदर्शन गरेका प्रदिप पाण्डेलाई ‘टुर्नामेन्ट अफ द म्याच’ तथा प्रर्विन पाण्डेलाई ‘बेस्ट ब्याट्सम्यान’ को उपाधि प्रदान गरियो।
आयोजकको तर्फबाट उत्कृष्ट व्यवस्थापनसहित सम्पन्न प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर