युएईमा नेपालीहरूको संख्या निरन्तर बढेसँगै, विभिन्न कारणले अलपत्र परेका नेपालीहरूको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ।
विगतमा यसबारे पर्याप्त राहत वा सेल्टरको व्यवस्था नहुँदा पीडितहरूलाई कठिनाइ भोग्नुपरेको थियो।
यस समस्यालाई मध्यनजर गर्दै, नेपाल एसोसिएसन, एनआरएनए युएईका अध्यक्ष भीम मल्ल ठकुरीको पहलमा, निजि खर्चमा दुबईमा अलपत्र परेका नेपाली दाजुभाइहरूको लागि कार्यकालभरि सेवा दिने सेल्टरको स्थापना गरिएको छ। यस सेल्टरमा साँच्चिकै आर्थिक, भौतिक रूपमा असहाय नेपालीहरूलाई निःशुल्क बसोबास र खाने व्यवस्था उपलब्ध गराइनेछ।

नेपाली समुदायका लागि यो कदम राहत र आशाको किरण बनेको छ। अध्यक्ष मल्लले भने, “हाम्रो उद्देश्य संकटमा परेका नेपाली दाजुभाइहरूलाई तत्काल सहायता पुर्याउनु हो र उनीहरूलाई सुरक्षित, सम्मानजनक जीवन यापनका लागि वातावरण बनाउन प्रयासरत छौं।”

https://amzn.to/4myfPN5
यस सेल्टरले युएईमा रहेका सबै नेपालीहरूलाई आवश्यक सहयोग र सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। नेपाली समुदायले यस पहललाई सकारात्मक रूपमा स्वागत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर