दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१४ भाद्र २०७८, सोमवार

मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन । सुर्खेतको लेकवेसि नगरपालिका वडा न १ घर भई मलेसियाको आईक्रान्जी इण्डटिज शाहआलममा कार्यरत ३६ वर्षिय हर्ष वहादुर थापाले झुण्डिएर आत्महत्या गरेका हुन ।
हर्ष  लगायत अन्य साथीहरुमा कोरोना पोजेटिभ देखिएपछि करीव एक महिना देखि आईसोलसनमा वस्दै आएका थिए ।

आईसोलेसनमै रहेको अवस्थामा कोरोना सक्रमित आफनो एकदमै मिल्ने साथीको मृत्यु पछि हर्षमा डिप्रेशन देखिएको थियो ।
कम्पनीमा कार्यरत नेपालीहरु भन्छन ‘एकजना दाई सगं हर्ष एकदमै मिल्नुहुन्थ्यो उहाँको कोरोनावाट मृत्युभयो त्यसपछि हर्षदाईलाई पनि डिप्रेसन भएको जस्तो हामिलाई लागेको थियो, उहाँको स्वभाव पहिला जस्तो थिएन’ ।

हर्ष सोहि कम्पनीमा छ वर्षदेखि कार्यरत रहेका थिए । उनी पछिल्लो पटक तीन वर्ष अगाडि नेपालमा आएर फेरी कम्पनीमा फर्किएका थिए । शव पोसमार्टमलागि केला ङअस्पतालमा लगिएको र अस्पतालको रिपोर्टमा पनि कोरोना पोजेटिभ देखिएकाले मलेसियामै अन्त्येष्ठि गर्ने तयारी भएको छ । हर्षको परिवारमा श्रीमती दुई छोरा रहेका छन । ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर