१ असोज २०७८, शुक्रवार

घटस्थापनाको दिन (असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ एउटा राष्ट्रभक्ति गीत हो।

प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्।

यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर