६ असोज २०७८, बुधवार

कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपाल र ओमानबीचको खेल आगामी आइतबार कतारको दोहामा नेपाली समय अनुसार राति पौने १० बजे खेल सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । कतारमा दुई साता अभ्यासपछि नेपाली टोली असोज ११ गते त्यहिँबाट साफ च्याम्पिनसिप आयोजनास्थत माल्दिभ्स जानेछ ।

माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालले पहिलो दिननै साविक विजेता समेत रहेको माल्दिभ्सको सामना गर्नेछ । राष्ट्रिय टोलीले शनिबार दोहामा स्थानीय अल बिदा स्पोर्टस् क्लबसँग २–०ले विजयी भएको थियो ।

कतार जानुअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच भदौ १७ गते भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो । यसपटक साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ ।

नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको यसपटकको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर