
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता नयाँ व्यक्तिसंग भेटघाट होला । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता सहकर्मीबाट विरोध आउला । स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता वैदेशिक कार्य अघी बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । चिताएको कामले तीव्रता लिनेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ । सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग निलो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि वरुण भगवानको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शिक्षामा सफलतापनि मिल्नेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउनसक्छन् । व्यापार व्यवसायमा वाधा आउनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग पर्पल वा घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो समय निकै उत्साहजनक रहनेछ । शत्रुपनि पराजित हुनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनसक्छ । शैक्षिक क्षेत्रपनि कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्ता नसोचेको ठाउँबाट धनागम हुनेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भिक दिनमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सोमवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाईनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । शुभारम्भको चर्चापनि चल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा मिश्रित फल मिल्नेछ । आर्थिक झन्झट आइलाग्न सक्छ, तर अन्तिममा कार्य सम्पादन हुनेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सिन्दुरे हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।