२०७८ पुष २१, बुधबार

अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।


अष्ट्रेलियामा बस्ने नेपालीकै जीवनमा घटेका बिभिन्न घटनाक्रमबाट प्रभावित भएर यस सिनेमाको लेखन तथा निर्माण गरेको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए।

निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसँग मिलेर चलचित्र ‘पर्पला’को निर्माण गरेका हुन्।

पर्पला फिल्मका मुख्य अभिनेता पुकार गौतम छन्। उनी नेपालमा झरना थापासँग ‘झिल्के’ नामक सिनेमा खेलेका थिए। अष्ट्रेलिया गएपछी ‘ह्याप्पी न्यु इयर’ मा नायक भएर अभिनय गरी सकेका छन। पुकारले ‘पर्पला’ लाई सिनेमा क्षेत्रमा अगाडि बढाउदै स्थापित गराउन मद्दत गर्ने सिनेमाको रुपमा लिएका छन्।

विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेशाले नर्स हुन्। उनी अस्ट्रेलियामा राम्रो बेली डान्सरको रूपमा परिचित छिन्। उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरि सकेकी छन्। अभिनय समेत एकदम अब्बल निखिला ‘पर्पला’ फिल्मकी मुख्य नायिका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर