
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
३० श्रावन २०७८, शनिवार
महोत्तरीको जिल्लाको गौसला नगरपालिका वडा नम्वर ११ का दुई दाजुभाईले पाचँ वर्ष अगाडि विदेश जाने निधो गरे । जिल्ला सदरमुकाम पुगेर सगै पासपोर्ट वनाए । पासपोर्ट वनाउने वेला सम्म पनि उनीहरु कुन देशमा जाने टुगो थिएन ।
पासपोर्ट वनाएको थाहा पाएपछि गाउँकै एजेण्टले मलेसिया ठिक हुन्छ मलेसिया जाने भए म मेनपावर देखाईदिन्छु भन्यो । उनीहरुले पनि एजेण्टको विश्वास गरेर पछिपछि लागे ।
सदरमुकाम हुदै काठमाण्डौ पनि एजेण्ट सगै पुगे । एजेण्टले पैसा माग्यो , तर उनीहरु संग एजेण्टलाई दिने पैसा थिएन । परिवारले रिन खोजीदिए र एजेण्टलाई वुझाए ।
एजेण्टले पैसा त धरै नै लियो । तर हातमा भने दश दश हजारको रसिद थमाईदियो । त्यैपनि उनीहरुले गाउँकै एजेण्ट हो के नै फरक पर्ला भनेर चुप्प लागेर वसे ।
समय विप्दै गयो । एजेण्टले पठाउने सुर नै गरेन । वारम्वार टेलिफोन गरे । एजेण्टले आज आज भोली भोली भन्दा भन्दै छ महिना त्यसै झुलायो । छ महिना पछि एजेण्टले आफै फोन गरयो । तिमिहरुको काम भयो अव काठमाण्डौ आवो ।
उनीहरु काठमाण्डौ आउन तयार भयो । घरवाट निस्कने वेलामा परिवारका सवैले रातोटिका लगाईदिए । दुई दाजु भाईनै सगै फर्कने वाचा गरेर घरवाट निस्किए ।
उनीहरु थिए २५ वर्षका निल कमल कुमार चौधरी र २२ वर्षका हरिकृण्ण चौधरी ।
काठमाण्डौ आएपछि भने उनीहरु धेरै दिन वस्न परेन । २०१७ को जनवरी १७ तारिखका दिन दुई भाईलाई नै एजेण्टले मलेसिया जाने प्लेनको टिकट हातमा थमाईदियो । एउटै कम्पनीमा काम गर्ने हो ल राम्रो सगं जानु वेला वेलामा मलाई पनि यसो सझनु भन्दै एयरपोर्ट सम्म छाड्न पनि आयो ।
दुईभाई एउटै प्लेनमा वसेर मलेसिया आईपुगे । मलेसियामा उनीहरुले सोचेजस्तो भएन । दाई निलकुमारलाई मेरुको ग्लोव कम्पनीमा काम गर्नुपरयो भने भाई हरि कृष्णको काम सेरेम्वानमा परयो । कम्पनी त एउटै थियो तर व्रान्च फरक फरक भएकाले दुई दाजुभाई अलग अलग भएर वस्नु पर्ने भयो ।
कहिले काँहि विदाको वेलामा मात्र दुईभाईको भेटहुन्थ्यो । नत्र भने टेलिफोनवाट नै सन्चो विसन्चोको कुरा हुन्थ्यो अनि घरपरिवार साथीभाई र टिउटिको कुरा चल्थ्यो । पछिल्लो समय मलेसियामा पनि कोरोना सक्रमण वढदै जान थालेपछि भने दुईभाईको भेट हुन सकेको थिएन ।
दिनहरु राम्रै संग वितिरहेका थिए । कमाईपनि रामै्र नै थियो । नेपालवाट आउदा लागेको रिन दाजुभाई मिलेर तिरे । नेपालमा सम्पतीपनि जोडन शुरु भयोे । हासिखुशि जीवन चलिरहेको थियो ।
जुलाई ७ तारिख साभँपख निलकमलको जीवनमा नसोचेको घटना भयो । निल कमलले साझँ छ वजेसम्म फयाक्टिमा काम गरे । फयाक्टि र होस्टल करीव करीव १५ मिनेट जति टाढा थियो ।
कम्पनीमा आउन जान सजिलोहोस भनेर साईकल किनेका थिए । त्यहि साईकलमा पाईडल मार्दे होस्टलतर्फ जादै गर्दा एक्कासी पछाडिवाट कारले ठक्कर दियो ।
निलकमल रोडमै उछिटिटए । कालो सडक रगताम्मै भयो । हेर्दा हेर्दे एम्वुलेस र प्रहरीको गाडि आईपुग्यो । निलकमललाई मेरु अस्पतालमा पुरयाईयो ।
जुलाई ७ तारिखका दिन राती अपरिचित मानिसले मलायु भाषामा हरिकृष्णको मोवाईलमा फोन गरेर भन्यो तिमि हरिकृष्ण हो । उनले पनि हो भने मलायुभाषावालाले भन्या तिम्रो दाईको साईकल दुर्घटनामा मृत्यु भयो । शव हेर्न मन छ भने मेरुको अस्पतालमा जाऊ ।
हरिकृष्ण छागाँवाट खसैझै भए । उनका हातखुटटा फताकफुतुक्क गले । टेलिफोनमा काटियो । आखाँवाट आशु झरिरहे ।
हरिकृष्ण शव हेर्न जान पनि सकेनन । नेपाल घरमा फोन गर्न पनि उनले हिम्मत जुटाउन सकेनन ।
दाईका मृत्यु रोड मै भएको थियो कि अस्पतालमा मृत्यु भयो हरिकृष्णले अहिले सम्म थाहा पाएका छैनन । त्यहि अरुले भनेकोमा हो मा हो थपिरहेका छन ।
हरिकृष्णले मुटु दहे बनाएर वल्लतल्ल घरमा खवर पुरयाए । घर परिवारले शव ल्याउन आवश्यक पर्ने सवै कागजात पठाईदिए ।आउदो १८ तारिख शव नेपाल जाने टुगो लागेको छ । दाइको शव लिएर हरिकृष्ण आफै नेपाल जादैछन । तर फरक यति छ आउदा दाई सगैप्लेनमा एउटै सिटमा वसेर मलेसिया आएका हरिकृष्ण नेपाल फर्कदा आफु सिटमा वसेर फर्कदैछन भने दाई वाकसमा ।
अहिले हरिकृष्णलाई यो प्रश्नले सताईरहेको छ दाईलाई ठक्कर दिने त्यो कारलाई प्रहरीले समात्यो कि समातेको छैन होला ?दाईको इन्सोरेन्स के हुन्छ होला ? यदि इन्सोरेन्स पाउनेहो भने दाईका ती दुई छोराहरुले राम्रो सगं पढन त पाउथे होलान ।