
रिषीकेश न्यौपाने
कोरोना भाईरसले बिश्वलाई आतंकित बनाइरहेको छ तर नेपालमा भने बिश्वका अन्य देशहरुमा भन्दा फरक प्रकृतिको भाइरस फेला परेको छ । नेपालमा राष्ट्रघात, भ्रष्टाचार, हत्या , हिंशा , बलात्कार र अन्याय , अत्याचारको बिरुद्धमा आन्दोलन गर्दा कोरोना सर्छ, तर प्रधानमन्त्रीको कुर्शी जोगाउनका लागी देशब्यापी आन्दोलन गर्दा कोरोना सर्दैन, राजनीतिक कार्यक्रम गर्दा कोरोना सर्दैन । रथयात्रा गर्दा कोरोना सर्छ तर शवयात्रा गर्दा कोरोना सर्दैन । पशुपतीनाथको मन्दिरमा पुजा गर्दा कोरोना सर्छ तर चर्चमा प्रार्थना गर्दा र मस्जिदमा नवाज पढ्दा कोरोना सर्दैन । समग्रमा भन्नुपर्दा सरकारलाई मन नपर्ने कृयाकलाप गर्दा कोरोना सर्छ तर सरकारलाई मनपर्ने कृयाकलाप गर्दा कोरोना सर्दैन । नेपालमा कोरोना संक्रमण बढ्नुमा सरकार र सत्तारुढ दल नै बढी जिम्मेवार रहेका छन् । पहिलो लकडाउनको अबस्थामा नेपालमा कोरोना संक्रमितको संख्या सिमित मात्रामा थियो, स्थिती सामान्य नै थियो जब नेपाल सरकारले कर उठाउने उद्देश्यले असार मसान्तलाई लक्षित गरी लकडाउन खोल्यो संक्रमितको संख्या ह्वात्तै बढ्यो ।
असार मसान्तदेखी आजको दिनसम्म पनी कुनैपनी सरकारी कार्यलयहरुमा माक्स लगाउने बाहेक अन्य स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुरा गरियको छैन र सामाजिक दुरीपनी कायम गरियको देखिॅंदैन । सार्बजनिक यातायात, बजार लगायतका अन्य स्थानहरुको पनी यस्तै अबस्था छ । कुनैपनी स्थानमा न कुनै सुरक्षाकर्मी खटायर स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी पालना गराईयको छ न कुनै जनचेतना जगाउने भरपर्दो काम भयको छ। यही प्रबृतीले दिन दुईगुणा रात चौगुणाको दरले संक्रमण फैलियो । सत्तापक्ष , प्रतिपक्ष लगायतबाट केन्द्र देखी स्थानिय तह सम्म आयोजना गरियको राजनीतिक बैठक, भेला र पार्टी प्रबेश कार्यक्रमहरुले आगो झैं दन्कीरहेको कोरोना संक्रमणमा घ्यू थप्ने काम गर्यो । प्रधानमन्त्री को कुर्सी जोगाउनका लागी प्रधानमन्त्री केपी ओली गुटका नेकपा कार्यकर्ताहरुले गरेको देशब्यापी आन्दोलनबाट पनी यसमा थप सहयोग पुग्यो । हुन त एमसीसी बिरुद्धको आन्दोलन, हत्या, हिंसा, बलात्कार बिरुद्धको आन्दोलन, अनियमितता र भ्रष्टाचार बिरुद्धको आन्दोलन र शोषण,दमन , अन्याय र अत्याचार बिरुद्धको आन्दोलनहरुका कारणले पनी कोरोना संक्रमण फैलिन मद्दत पुगेको छ । यि याबत् आन्दोलनहरु सत्तापक्षका अकर्मन्यता र गलत रबैयाका कारण बाध्यताबस् गरियको हुॅंदा यसको जिम्मेवारी पनी सरकार पक्षले नै लिनुपर्छ ।
कुनैपनी बिषयमा जनताहरुलाई संबेदनशिल, जिम्मेवार र लापर्बाह जे बनाउन पनी सरकार, मन्त्री वा प्रधानमन्त्रीको ठूलो भुमिका हुन्छ । सुरुका दिनहरुमा नेपाली जनताहरुलाई कोरोना प्रती साबधानी अपनाउनका लागी नेपाल सरकारले राम्रो भुमिका खेल्यो र यसले गर्दा कोरोना संक्रमण नियन्त्रण पनी भयकै हो तर पछी आयर कोरोनाको बारेमा जनतालाई असाबधान बनाउने र भ्रम फैलाउने काम पनी सरकारले नै गर्यो । जब प्रधानमन्त्री बाट कोरोना केही होइन अदुवा, मरिच, बेसारपानी खायर हाच्छिउ गरेर कोरोना उड्छ भन्ने बक्तब्य सार्बजनिक भयो, प्रधानमन्त्री जस्तो ब्यक्तीले बोलेका कुरा पक्कै झुटो होईन भन्ने ठानेर कैयौॅं शिक्षाको उज्यालो बाट बन्चित नेपाली जनताहरुले कोरोनालाई सामान्य रुपमा लिन थाले र साबधानी अपनाउन छाडे, यसबाट पनी केही हद सम्म संक्रमण फैलिन गयो । अदुवा , मरिच , बेसार लगायतका जडिबुटीहरु स्वास्थ्यका लागी फाईदाजनक हुन् तर कोरोनाको औषधी होईनन् भनेर अशिक्षाको ॲंध्यारोमा रहेका जनताहरुलाई बुझाउने हिम्मत सत्तापक्षका कोही कसैले गर्न सकेनन् बरु सबैजना यसको ठिक बिपरित अन्धभक्त भयर प्रधानमन्त्रीको बक्तब्यलाई सत्य साबित गराउने दौडमा लागे ।
कोरोना एउटा भाईरस हो, यसले सत्तापक्ष-प्रतिपक्ष , धनी-गरीब , नेता-जनता , संसद , मन्त्री , प्रधानमन्त्री , ब्यापारी , सुरक्षाकर्मी कसैलाई चिन्दैन र यसलाई लकडाउनले मात्र पनी रोक्न सक्दैन । सरकारले यही कुरा बुझ्न नसकी लकडाउनलाई मात्र कोरोना रोक्ने बिकल्प सोचेर अन्य कुराहरुमा साबधानी नअपनाउनाले गर्दा आज कोरोना भाईरस सर्बसाधारण जनताबाट सुरक्षाकर्मी, ब्यापारी , नेता , संसद , मन्त्री हुॅंदै प्रधानमन्त्री निबास बालुवाटारको ढोकाबाट भित्र छिरिसकेको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा नगरी पार्टीको बैठक , मन्त्रीपरिषद्को बैठक , भेटघाट लगायत सम्पुर्ण राजनीतिक कार्यक्रमहरु प्रधानमन्त्री निवासमा नै गर्ने प्रबृतीको परिणाम हो यो । यस्तै अबस्था रहिरहेमा प्रधानमन्त्री को एक घर एक रोजगारीको योजना अब एक घर एक कोरोना संक्रमितमा परिबर्तन हुने पक्का छ ।
सरकारले लकडाउन र निषेधाज्ञाको नाममा नेपाली जनताहरुलाई महिनौ घरमा थुन्यो । नेपालमा एक जना मात्र काेराेना संक्रमित हुँदा पुर्बसुचना बिना एक्कासी लकडाउन गरियाे , प्रहरी लगायर कैयाैँ निर्दाेष नेपाली जनताहरुमाथी गम्भिर घाइते हुनेगरी लाठी बर्साउने काम भयाे , जनताहरु खान नपायर पिठ्यूँमा पाेकाे र काखमा बच्चा च्यापेर सैयाैँ किलाेमिटरकाे पैदल यात्रा गरेर गाउँ जान बाध्य भय तर पनी यो निर्दयी सरकारलाई ति गरिब असहाय जनताहरु प्रती दया पलायन बरु उल्टै प्रधनमन्त्री जस्तो ब्यक्तीले सडकमा जनता हिॅंडेको प्रशासनले नदेख्ने पत्रकारले मात्र कसरी देख्यो भनेर ति असहाय जनाताहरुको आलो घाउमा मलम लगाउनुको साटो नुन छर्किने काम गरे। दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरु भोकभोकै भय, सरकारले केही सिमीत ब्यक्तीहरुलाई हप्तादिन पनी खान नपुग्ने मात्र राहत बाॅंढ्न सक्यो। भोकले छटपटाईरहेका जनताहरुलाई बिभिन्न माध्यमहरुबाट सहयोग उठायर खाध्यसामग्री बाॅंढ्ने अभियन्ताहरुलाई प्रहरी प्रशासन लगायर जेल हालीयो ।
जनताहरुलाई यति धेरै सास्ती दियर गरियको लकडाउनले पनी कोरेना नियन्त्रणमा आयन संक्रमित काे संख्या झन्-झन् बढ्दै गयाे। बाहिर बाट नेपाल आयकाहरुलाई उचित क्वारेन्टाइनको ब्यबस्था भयन र क्वारेन्टाइनमा राखियकाहरुलाई पनी स्वास्थ्य परिक्षण नै नगरी घरमा पठाउने काम भयो यसले गाउॅं-गाउॅंमा संक्रमण फैलियो। जती काेराेना संक्रमित काे संख्या बढ्दै गयाे त्यती नै सरकारले लकडाउन खुकुलाे पार्दै गयाे जब दिनमा ४०० जना भन्दा बढी काेराेना संक्रमित थपीन थाले सरकारले लकडाउन खाेल्याे र सार्बजनिक यातायात समेत संचालन गरायर अन्य स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गराउन उदासीन देखिॅंदा नियाेजित रुपमै काेराेना संक्रमितकाे संख्या बढायकाे जस्ताे अबस्था देखियाे । अहिले नेपालमा कोरोना संक्रमितको संख्या दैनिक झण्डै तिन हजारसम्म पुग्न खोजेको छ र अझैपनी सरकारले लकडाउनको तयारी गर्दैछ भन्ने कुरा सार्बजनिक भइरहेको छ।
गरिब जनताहरुलाई लकडाउन र निषेधाज्ञाको नाममा भोकभोकै घरभित्र थुनेर मात्रै कोरोना नियन्त्रणमा आउॅंदैन अन्य साबधानीहरु अपनायर पनी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्नेकुरा हाम्रो सरकारले कहिल्यै बुझ्न सकेन । अधिकांस जनताहरु शिक्षाको उज्यालोबाट टाढा रहेको हाम्रो जस्तो मुलुकमा सबै कुरा जनताले जानेका हुॅंदैनन् सरकारले सिकाउनपर्छ । हाम्रो सरकारले लकडाउन गर्न मात्रै जान्यो तर सार्बजनिक स्थानहरुमा स्यानिटाईजर राख्न जानेन, हात धुने साबुनपानी राख्न जानेन , नबुझेका जनताहरुलाई स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी पालना गर्न सिकायन, लकडाउनमा प्रहरी लगायर जनताको टाउको फुट्नेगरी लाठी हान्न लगायो तर त्यही प्रहरी खटायर कुनैपनी स्थानमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउॅंदै सामाजिक दुरी कायम गरायन । केन्द्र सरकार देखी स्थानिय सरकार सम्मका प्रतीनिधीहरु , सत्तारुढ दलका नेताहरु सबैले कोरोनो नियन्त्रणमा लाग्नुभन्दा धेरै गोष्ठी, सेमिनार , भेला, पार्टीप्रबेश कार्यक्रम हरु आयोजना गरी कोरोना बढाउनमा महत्वपुर्ण योगदान गरे । स्वास्थ्यमन्त्री लाई कोरोना नियन्त्रणको भन्दा घरमा आयको पाहुनाको चिन्ता थियो । यस्तै प्रबृतिले गर्दा नै आज नेपालमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गइसकेको छ तर सरकार अझैपनी यसलाई नियन्त्रण गर्न लकडाउन भन्दा अन्य बिकल्प देख्दैन ।
सत्तारूढ दलका अधिकांश शासकहरू र निकट ब्यापारीहरुले यस कोरोना संक्रमणको विपत्ति मा अर्थोपार्जन गर्ने स्वर्णिम अबसर पनी प्राप्त गरे । तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डरलाई रद्द गरेर मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको र वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीलाई तीनघण्टे अवधिमा व्यापारीले नै तयार गरेको कोटेसनमा बिना बार्गेनिङ आफू निकटका व्यापारीलाई रातारात सेटिङ गरेर औषधि तथा स्वास्थ्य उपकरण खरिदको अनुमति दिने काम भयो। उक्त कम्पनीले बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भरपर्दो नभयको भन्दै विभिन्न मुलुकहरुमा आलोचना भएका र्यापिड टेस्टिङ किट लगायतको मेडिकल सामाग्रीहरु खरिद गर्यो । यसबाट सरकारी ढुकुटीको ठूलो रकम खेर गयो तर पनी यस्तो बिषम परिस्थितीमा जघन्य अपराध गर्नेहरुलाई कार्बाही गर्नुको साटो संरक्षण गरियो । यो बिषयमा छानबिन भईरहेको र यसमा कोही दोषी पाईयमा कार्बाही हुने प्तिबद्धता पनी प्रधानमन्त्री बाट आयकै हो तर यो कहिल्यै नसकिने छानबिन हो भन्ने कुरा पनी सम्पुर्ण नेपाली जनताहरुले बुझीसकेका छन् किनभने गणतन्त्र नेपालमा ठूला भ्रष्टाचारीहरुलाई कार्बाही भयको इतिहाॅंस छैन ।
हुन त नेकपा सरकार र पार्टी भित्र धेरै असल मन्त्री र नेताहरु पनी छन् र राम्रा काम गर्दै नगरेको पनी होईन , केही राम्रा कामहरु पनी भयका छन् तर नराम्रा पात्र र प्रबृतीहरु यति धेरै भय की त्यसको छायाॅंले सम्पुर्ण राम्रा पात्र र प्रबृतीहरु छोपीयका छन् ।
न्यौपाने प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका बरिष्ट उपाध्यक्ष हुन