१२ असोज २०७७, सोमवार
स्पेनमा ज्यान गुमाएका भिरकोट नगरपालिका १ दारसिंग स्याङ्जा मूलघर भएका ४१ बर्षिय धन वहादुर केसीको परिवारलाई एनआरएन स्पेन लगायत संघसंस्थाहरुले आईतबार बार्सिलोनामा रकम हस्तान्तरण गरेका छन् ।
एनआरएनए स्पेनको नेतृत्वमा बिभिन्न संघसंस्था तथा नेपाली समुदायबाट १५ हजार ३ सय ६२ युरो संकलन भएको थियो । शव ब्यबस्थापनका लागि २ हजार ६ सय ७१ युरो र काजकिरिया खर्च २ हजार १ सय ४० युरो संघकै ब्यबस्थापनमा खर्च भएकोमा बाँकी रकम १० हजार ५ सय ७१ युरो स्वर्गीय केसीको परिबारलाई हस्तान्तरण गरिएको हो ।
एनआरएनए स्पेन अन्तर्गत बार्सिलोना केन्द्रबाट २ हजार ४० युरो,एनआरएनए म्याड्रिड क्षेत्रीय समिति( म्याड्रिडका संघसंस्था सहित) १ हजार ५ सय ३९ युरो,पाईसभासको क्षेत्र १ हजार ३ सय ८९ युरो संकलन भएको छ। यस्तै ग्रान क्यानेरिया क्षेत्र ४ सय २० युरो,नेपाल स्पेन समाज कोष्टÞाब्लान्का १ हजार ७५ युरो र नेपाली समाज मायोर्काबाट ५ सय ९६ युरो गरी संघ मार्फत ६ हजार ९ सय ७९ युरो संकलन भएको छ। स्वर्गीय केसीको परिबारका लागि स्याङ्जा सहयोग समाज स्पेनले २ हजार ९ सय १९ युरो संकलन गरेको थियो ।
यसैगरी म्याग्दी समाज स्पेन ४ सय ९२ युरो,पर्बत समाज स्पेन ५ सय ३८ युरो,नेपाली एकता समाज १ सय युरो,कास्की आदर्श समाज स्पेन ५ सय ४० युरो र तमु समाज स्पेनले ५ सय १८ युरो संकलन गरेको थियो
प्रबासी नेपाली एकता मञ्च स्पेनले ५ सय १ युरो,तामाङ् समाज स्पेन २ सय ५ युरो,जीपी फाउन्डेसन स्पेन १ सय ४२ युरो, जनसम्पर्क समिति स्पेन ३ सय २१ युरो, बाग्लुङ्ग समाज स्पेन ५ सय १ युरो,नेवा पासा पुच स्पेन ३ सय ६५ युरो, चितवन समाज स्पेन ८ सय ५२ युरो,पुर्बेली नेपाली एकता समाज १ सय ७८ युरो र मगर समाज स्पेनले २ सय ११ युरो सहयोग गरेका थिए ।
एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङको संयोजकत्वमा केसीको शव ब्यबस्थापन र सहयोगकालागि मूल सहयोग समिति गठन भएको थियो । बार्सिलोनाको भाल्द्रेवन अस्पतालमा उनको मूत्रथैलीको क्यान्सर मृत्यु भएको थियो । उनको दाह संस्कार अगस्ट ३० तारिखमा सम्पन्न भईसकेको छ । स्पेनमा स्थायी आबासीय अधिकार पाईसकेका उनि परिबारसहित बार्सिलोनामा बस्दै आएका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।
यो पनि पढ्नुहोस.