प्रोतुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष प्रत्यासी कुल आचार्यले शुरु गरेको भरर्चुअल अन्तरक्रिया (डबली) मा भाँडभैलो भएको छ । विहिवार जुम मार्फत आयोजना गरेको कार्यक्रममा आचार्यले संघको शाख गिर्ने गरि आफु निकट पत्रकारहरुलाई जोडेर गलत सूचना प्रवाह गरे पछि विवाद आएको हो ।

कार्यक्रममा पुगेका पत्रकार राजकुमार थापाले संघको विवादलाई लिएर परराष्ट्र मन्त्रालय पुग्नु गलत भएको भन्दै सुुझाव दिए पछि आचार्य आका्रेसित हुदै कार्यक्रम टुंग्गाएका थिए ।

यस्तै लण्डनस्थित पत्रकार चिरन शर्माले आचार्यलाई संघमा भएका विवादका सबै पक्षसंग छलफल गरेर अघि बढ्न सुझाव दिए । उनले परराष्ट्र मन्त्रलायले न्याय दिने कुरामा आशंका रहेको बताए। ।

शर्माले दुई चार देशमा रहेको सामान्य विवाद सल्टाउनुका सट्ट गैरआवासीय नेपाली संघको छवि धमिल्याउन सबै तिर विवाद छ भन्दै हिड्नु गलत भएको अभिव्यक्ति दिए पछि आचार्य समूह आक्रोसित भएको हो ।

कार्यक्रममा बोल्दै आचार्यले बेलायतमा भएको निर्वाचन अनिमियताको बारेमा आँट भए केन्द्रमा उजुरी दिन चुनौती दिएका थिए । नेपाली कांग्रेस नेता बिमलेन्द्र निधि निकट लेखक तथा पत्रकार गेजा वाग्ले सहित अन्तरक्रियामा आएका आचार्यको पक्षका रहेका केही उम्मेदवारहरुको समेत उपस्थिती थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले संघको नेतृत्वको आलोचना गर्न भन्दा छलफल मार्फत समस्याको समाधान निकाल्न सुझाव दिए ।

दुई दर्जनको उपस्थिती रहेको कार्यक्रममा पत्रकारहरु थानेश्वर सापकोटा, दधि सापकोटा, डिल्ली अनमाई, कृष्ण केसी, राजकुमार थापा, लगायतले सल्लाह तथा सझुाव दिएका थिए । आचार्यले रहेक दिन साँझ ५ बजे आफु निकट व्यक्तिहरुको भेला गरेर संघको अभियान र नेतृत्वको बारेमा आलोचना गर्दै आएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर