गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको क्षेत्रीय शाखा जोहोरवारुको तेस्रो अधिबेशन सम्पन्न भएको छ । आइतबार भर्चुअलमार्फत सम्पन्न अधिबेशनले हरि बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यासमितिको वरिष्ठ उपाध्यक्षमा बेदना श्रेष्ठ, उपाध्यक्षमा युवराज ज्योती, सचिबमा राजबहादुर साउद, सह–सचिबमा बिन्दु दर्लामी

मगर र कोषाध्यक्षमा रेश्मा कला राई चयन भएका छन् । यसैगरि युवा संयोजकमा छविलाल गिरी चयन भएका छन् भने सदस्यहरुमा

विवश ओली, हिमाल थापा मगर, शैलेश सौगात, रीमा गुरुङ, गङ्गा चाम्लिङ्ग राई, सुनिता शाह, उर्मिला राई, तिलकबहादुर श्रेष्ठ, उषा

केसी र धुर्बदेब लामिछानेसहित १९ सदस्य कार्यसमिति सर्बसम्मत चयन भएको निर्वाचन समिति संयोजक नारायण अधिकारीले

जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर