काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ। २०७२ सालको भुकम्पपछि बन्द रहेको उक्त अस्पताललाई सरकारले हालै को’रोनाका बि’रामी उपचारका लागि खुलाउने निर्णय गरेको थियो। यो अस्पताल केन्द्र सरकार मातहतको हो। ‘आजदेखि अस्पताल सञ्चालनमा ल्याएका छौं,’ १६ वडाका वडाध्यक्ष मुकुन्द रिजालले भने।

लामो समयसम्म बन्द रहेको अस्पताल सञ्चालन गर्न वडा कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पटक/पटक आग्रह गर्दै आएको थियो। जनमैत्रीमा अहिले एक सय ५० शैय्या सञ्चालनमा छ। यो अस्पताल तीन सय शैय्या क्षमताको भए पनि स्वास्थ्य मन्त्रालयले एक सय ५० शैय्याको मात्रै सञ्चालन गर्न स्वीकृति दिएको थियो।

https://amzn.to/4myfPN5

अस्पतालमा केन्द्र सरकारले नै स्वास्थ्यकर्मी तथा कर्मचारी खटाएको छ। स्वास्थ्यकर्मीलाई आज वडाध्यक्षसहितले अस्पतालमा स्वागत गरेका थिए। जनमैत्री ट्रष्टको नाममा जनमैत्री अस्पताल छ। जनमैत्रीमा अब कोरोनाका बिरामीलाई राखिने वडाध्यक्ष रिजालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर