काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्यमा तीनगुणा वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। स्वास्थ्य जोखिम न्यून गर्न तथा राज्यको राजस्व वृद्धि गर्ने उद्देश्यले मन्त्री पौडेलले यो प्रस्ताव अघि सारेका हुन्।

उनले प्रतिखिल्ली हाल १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्याउने प्रस्ताव राखेका छन्। साथै, प्रति बोतल हाल १,००० रुपैयाँ पर्ने रक्सीको मूल्य ३,००० रुपैयाँ पुर्याउनुपर्ने उनको धारणा छ।

मन्त्री पौडेलका अनुसार, सुर्तीजन्य पदार्थ तथा मदिरा स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने भएकाले यसको उपभोग नियन्त्रण गर्न मूल्य वृद्धि आवश्यक छ। उनले कर संरचना परिमार्जनमार्फत अन्तःशुल्क तथा स्वास्थ्य जोखिम कर बढाउने तयारी भइरहेको पनि जानकारी दिए।

सरकारले यस प्रस्तावलाई आगामी आर्थिक वर्षको बजेट तथा कर नीतिमा समावेश गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर