
३१ भाद्र २०७८, बिहिवार
शरीरको कुनै पनि भित्री अंगहरुमा पर्नै अनावश्यक प्वाल नै फिस्टुला हो ।
फिस्टुला हुनुको कारण
–फिस्टुला हुनुको मुख्य कारण लामो समय व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको धेरै बेरसम्म रहनु हो ।
– बच्चा जन्माउने व्यथा लागेपछि तालिमप्राप्त स्वास्थ्यकर्मीले बच्चा नजन्माएमा,
– न्यून आर्थिक स्थिति र कामको बोझका कारण,
– बालविवाह, बलात्कारलगायत अन्य प्रकारका लैङ्गिक विभेदमा परेका महिलाले आवश्यक स्वास्थ्य उपचार र परामर्श सेवाको अभावमा,
यसका लक्षणहरु
–दिसा–घरवरिपरिको भागमा पटक–पटक पिलो वा पिलोजस्तै साधारण प्रकारको घाउ हुने ।
–पिपजस्तो तरल पदार्थ आउने ।
–बारम्बार दिसा कब्जियत हुने, दिसा गर्न गाह्रो हुने ।
–दिसा गर्दा दुख्ने, पोल्ने, रगत आउने ।
– योनीबाट निरन्तर पिसाब, दिसा चुहिनु
– योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुनु
– रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ
रोकथामका उपाय
– सानै उमेरमा विवाह नगर्ने
– सानो उमेरमाबच्चा नजन्माउने,
– बालिकालाई खानामा विभेद नगर्ने,
– किशोरावस्थामा विकासका लागि आवश्यक पर्ने सन्तुलित आहारमा विशेष ध्यान दिने,
– गर्भवती महिलालाई पर्याप्त मात्रमा सन्तुलित खाना खुवाउने,
– गर्भवती जाँच नियमित रुपमा कम्तीमा ४ पटक गर्ने,
– गर्भवतीको श्रीमान् तथा परिवारका सदस्यले गर्भावस्था र प्रसवको समयमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको पूर्वतयारी गर्ने,
– सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लगेर तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउने