
१८ भाद्र २०७८, शुक्रवार
बाँझोपन महिलाहरुको लागि एक गम्भीर समस्या हो । बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्कोपटक बच्चा बसेको हुँदैन । बाँझोपनको समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ ।
बाँझोपनको प्रमुख कारण
ढिलो विवाह- बाँझोपनहुनुको सबै भन्दा ठूलो कारण ढिलो विवाह गर्नु हो । २० देखि ३५ वर्ष उमेरका महिलाहरु सन्तान जन्माउनको लागि योग्य हुन्छन् । यदि यो उमेर पछि विवाह भएको छ भने गर्भावस्थामा बढि समस्या हुने गर्दछ ।
३५ उमेर नाघेपछि महिलामा डिम्बाशयको कमी – महिलाहरुको उमेर बढ्दै जाँदा गर्भवती महिलामा डिम्बाशयको कमि हुँदै जान्छ । महिलामा ३५ वर्षपछि डिम्बाशय कम हुनु साधारण विषय हो ।
ट्युब ब्लकका कारण बाँझोपन –डाक्टरका अनुसार धेरै पटक संक्रमणको कारणले फेलोपियन ट्युब रोक्नु इन्फर्टिलिटीको ठुलो कारण हो । फेलोपियन ट्युब पनि पल्बिक संक्रमण र टिबीको कारण हुने गर्दछ ।
अस्वस्थ्य खानपानको कारण – पछिल्लो समयमा महिलाहरुमा खानपानको विषयको कारण धेरै बाझोपन बढ्दै गएको छ । यसको बाहेक इन्डोमेट्रोसियोसिसको समस्या पनि देखिन्छ ।
जीवनशैलीको कारण – बाँझोपनको कारण अव्यवस्थित जिवन शैली पनि हो । रातीको समयमा नसुत्नाले, धुमपान, मद्यपान सेवन गर्नाले, मधुमेहको कारण, तनाव लिने जस्ता कारण बाझोपनको समस्या देखिने गर्दछ ।
बाझोपनका लक्षणहरु
– महिलामा रजस्वलाको अनियमित पिरियड वा बिच बिचमा पिरियड रोकिनु पनि गर्भ नबस्नुको एक लक्षण हो । कुनै कुनै महिलामा २० वर्षदेखि नै रजस्वला अनियमित हुन्छ जसका कारण बाझोपनको समस्या हुन्छ ।
– तपाईको अनुहार र शरिरको अन्य भागमा मा अत्यधिक रौं भएमा तपाईमा पोलिसाईटिक ओभरी सिन्ड्रोम अर्थात पीसीओएसको समस्या हो । रौं बढी हुनु हर्मनको असन्तुलन वा बाझोपनको संकेत हो ।
– यदि तपाईको आँखा धमिलो हुँदै गएको छ वा राम्रोसँग देख्न सक्नु हुदैन भने पनि बाझोपनको लक्षण हो
– यदि यौन कार्य पीडादायी भएमा पनि यसले महिला बाझोपनको संकेत गर्छ ।
-बढी तौल भएका महिलाहरुमा गर्भ नबस्ने सम्भावना हुन्छ ।
– ४१ दशमलब ६ मानिसमा भिटामिन डीको कमीका कारण बाझोपनको शिकार हुने गरेका अमेरिकाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।
रोकथामका उपाय
-महिलाले २२ देखि २९ वर्ष उमेरभित्रै बिहे गरेर बच्चा पाउनु राम्रो मानिन्छ ।
-उपयुक्त समयमा विवाह गर्ने ।
– प्रजनन अंगहरूमा विभिन्न संक्रमण भएमा समयमै उपचार गराउनुपर्छ ।
– समयमै बच्चा जन्माउने योजना बनाउने ।
-असुरक्षित गर्भपतन नगराउने ।
– परिवारनियोजनका साधनहरूमध्ये कन्डमको प्रयोग गर्ने ।