३ भाद्र २०७८, बिहिवार

विशेषगरी अनुहारको छालामा आउने दागधब्बा, चायाँपोतो, डण्डीफोर, चिपचिप आदिले धेरैलाई दिक्क बनाइरहेको हुन्छ । अनुहारको छालामा समस्या आएपछि विभिन्न प्रकारका औषधिहरूको प्रयोग गर्ने गर्छन् । तर, कतिपय औषधिले अनुहारको समस्या घटाउने हैन अझै बढाउँछ ।
सबैभन्दा सजिलो र उपयोगी औषधिको रुपमा अंगुरको रस पिउन सकिन्छ । अंगुरको रस पिउन सुरु गर्नुस्, तपाईंको अनुहारको समस्या कम गराउँछ । यसका लागि कालो वा हरियो जुनसुकै अंगुरको रस पिउन सकिन्छ अंगुरको रसको नियमित सेवनले चाउरीपन, एक्नी जस्ता समस्याहरु पनि कम हुँदै जान्छ । एक अध्ययनका अनुसार सूर्यको प्रकाशका कारण अनुहारमा आएका जुनसुकै समस्या पनि यसले सजिल्यै कम गर्न मद्दत गर्छ ।
अंगुरको रसले शरीरको रगतलाई सफा बनाउँछ । भित्रि रुपमा नै यसले रगतलाई सफा गर्छ । यसले अनुहारमा एक्नी गराउने ब्याक्टेरियासँग लड्न पनि मद्दत गर्छ । अंगुरको जुस बनाउनका लागि सबैभन्दा पहिले अंगुर सफासँग धुने । त्यसपछि त्यसलाई ब्राउन सुगर भएको पानीमा हालेर उमाल्ने । त्यसलाई अंगुरको बोक्रा नखुम्चिँदासम्म पानीमा उमाल्ने । त्यसलाई निकालेर बरफ भएको पानीमा मिसाउने । र अंगुरको बोक्रा निकालेर फ्रिजमा राख्ने । त्यसपछि छानेर जुसको रुपमा नियमित पिउने गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर