२१ श्रावन २०७८, बिहिवार
मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् ।
सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् । यो पेस्ट हप्ताको तीनचोटि टाउकोमा लगाउनुस् । कपालको जरासम्म पुग्नेगरी लगाएपछि दश मिनेट त्यत्तिकै छोडिदिनुस् । अनि त्यसपछि मनतातो पानीले टाउको धुनुस् ।मेथीयुक्त हेयर मास्कले कपालको जरा बलियो बनाउँछ र झर्न दिँदैन ।
एजेन्सीको सहयोगमा