२० श्रावन २०७८, बुधवार

हर्ट अट्याक किन हुन्छ ? आउनुस्  हर्ट अट्याक हुनको कारण र यसले शरीरमा पर्ने असर बारे चर्चा गर्दै छाैं ।

कमजोर मुटु

मानिसको मुटु मजबूत कोशिकाहरुले बनेको हुन्छ । जसका कारण हाम्रो मुटु स्वस्थ रहन्छ तर आजभोलिको अस्वस्थ्य खानपिनका कारण कम उमेरमै यसमा समस्या आउने गरेको छ ।

ज्यादा धूम्रपान गर्ने मानिसलाई हार्ट अट्याकका खतरा ज्यादा हुन्छ भने कहिले काही यो वंशाणुगत कारणले पनि हुने गरेको छ ।

रक्त सञ्चारमा रूकावट

हाम्रो शरीरमा मटुको काम भनेको अक्सीजन, पोषक तत्व तथा रगतलाई पम्प गरेर शरीरको दोस्रो भागमा पु-याउने हो ।

तर बढ्दो उमेरका साथ साथ या खराब खानपान र जीवन शैलीका कारण मुटुमा पुग्ने रक्त प्रवाहरमा रूकावट हुन्छ जसका कारण हर्ट अट्याक कारण बन्छ ।

रगतको प्रवाह

जब हाम्रो शरीर को धमनिमामा रुवावट हुन्छ तव शरीरमा रक्त प्रवाह सुचार हुन सक्दै जसका कारण कायौं पटक हर्ट अट्याक हुन सक्छ ।

धमनिमा विभिन्न पदार्थहरु जम्मा हुन जाँदा रक्त सञ्चारमा रोकावट हुन्छ । जसका कारण दौडिदा मुटु धेरै धड्कन्छ वा पम्प गर्छ तर रक्तनलिमा रुकावट आउदा आवश्यकता अनुसारको रक्त प्रवाह हुन सक्दैन र हर्ट अट्याक हुन जान्छ ।

अक्सीजनको कमी

धमनि बन्द भएसँगै हाम्रो मुटुमा पर्याप्त मात्रामा रगत तथा अक्सीजन पुग्दैन जसका कारण तिव्र रुपमा धड्कन जान्छ र श्वास फेर्न समस्या आउँछ । जो हार्ट अट्याकको कारण बन्छ ।

दिमागमा समस्या

जब मुटुमा अक्सीजन को कमी हुन थाल्त तव मुटुले मस्तिष्कमा इमरजेन्सी सिग्नल पठाउँछ ।

त्यसपछि मस्तिष्क यो इमरजेन्सी सिग्नल हड्डीमा पठाउँछ र मुटुमा अक्सीजन को कमी भएपछि शरीरको दोस्रो हिस्साको अक्सीजन सप्लाई कम गरिदिन्छ ।

यस्तो स्थितिमा शरीर को दोस्रो हिस्सा जस्तै गर्दन, कान, काँध, पाखुरामा पीडा हुन्छ । भने टाउँको बीचमा चर्को दुखाइ हुन्छ, जो हर्ट अट्याकको संकेत हो ।

हार्ट अट्याकबाट कसरी बच्ने

हार्ट अट्याकको खतरा कम गर्नका लागि जरुरी छ खानपानमा नियन्त्रण, तथा जीवनशैलीमा परिवर्तन । यसका लागि धेरै मसलेदार खानमा नियन्त्रण आवश्यक छ ।

त्यस्तै नियमित रुपमा फलफुल, सलाद, हरियो साग सव्जीको प्रयोग आवश्यक छ । त्यस्तै नियमित रुपमा योग तथा व्यायाम जरुरी छ ।

एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित खवर