
१९ आषाढ २०७८, शनिवार
एजेन्सी,
धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला सेक्स गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ ।
तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।
उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा सेक्स गर्न मिल्छ ।
तर सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर मात्र सेक्स गरेमा संक्रमणबाट बच्न सकिन्छ ।
उनीहरुले भनेका छन्, यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो ।
कसैलाई महिनावारी भएको बेला सेक्स गर्ने मन हुन्छ भने कसैलाई हुँदैन ।
तर हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सेक्स गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावारी भएका बेला सेक्स गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।
महिनावारीको बेला सेक्स गर्दा महिलालाई फाइदा हुन्छ ।
यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ ।
धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सेक्स गर्दा बढी आनन्द लिने गर्छन् ।
यति हुँदाहुँदै पनि असुरक्षित सेक्स गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ ।
त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।
महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ ।
महिनावारीको बेला सेक्स गर्दा चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा सेक्सपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ ।
तसर्थ महिनावारी हुदा सुरक्षित तरिकाले सेक्स गर्दा कुनै हानी नहुने चिकित्सकहरुको राय रहेको छ ।