
९ माघ २०७७, शुक्रवार
सुन्दर छालाको लागि दाग, धब्बा हटाउन जरुरी हुन्छ ।
यसका लागि दैनिक क्रिमको प्रयोग गरिन्छ ।
महिला होस् वा पुरुष, सबैले क्रिमको प्रयोग गर्छन् ।
अनुहारका हरेक समस्या समाधानका लागि बजारमा कैयौँ क्रिम उपलब्ध छन् ।
क्रिमले छालालाई मोस्चराइज मात्र गर्दैन, रङमा समेत परिवर्तन ल्याउँछ ।
तर, कैयौँ यस्ता क्रिम हुन्छन् जसले छालाको समस्या समाधान गर्नुको साटो झन् बल्झाउँछन् । त्यसैले क्रिम छनोटमा सजग हुन आवश्यक हुन्छ ।
स्टेराइड
प्रेजर्भेटिभ
क्रिममा भएको प्रेजर्भेटिभका कारण छालामा खतरनाक रियाक्सन हुन्छ । किनकि, यसमा पेराबेन हुन्छ ।
जसले स्किनमा रातो धब्बा, एलर्जीलगायतका समस्या निम्त्याउने गर्छ । त्यसैले सधैँ पेराबेन फ्री क्रिम प्रयोग गर्न आवश्यक हुन्छ ।
फ्रेगरेन्स
क्रिममा मिश्रण गरिएको फ्रेगरेन्सले एट्र्याक्टिभ देखाउने गर्छ ।
तर, यसबाट बच्न जरुरी छ । त्यसका लागि हाइपो एलर्जिक लेखिएको क्रिम प्रयोग गर्नुपर्छ ।
यसका साथै फ्रेगरेन्स फ्री क्रिम या प्रडक्ट प्रयोग गर्नुपर्छ । यस्ता क्रिम प्रयोग गर्दा छालाको लेयर ड्यामेज हुन थाल्छ । र, छालामा कुनै असर पर्दैन ।
हाइड्रोक्युनान
छालाको रङमा निखार ल्याउन क्रिममा ब्लिचको प्रयोग गरिन्छ ।
तर, यस्तो प्रडक्ट लामो समय प्रयोग गर्दा छाला उल्टै कालो हुन थाल्छ । यसैको कारण हो जापान, अस्टेलिया र युरोपमा ब्लिचिङ क्रिम प्रडक्ट ब्यान्ड गरिएको ।
स्किन निकै सेन्सिटिभ हुने भएकाले राम्रोसँग जाँच गरेर मात्र क्रिमको प्रयोग गर्न आवश्यक हुन्छ ।