
१५ असोज २०७७, बिहिवार
केहि समय अगाडि मलेसियामा काम गर्ने ठाउँमै काठले च्यापिएर ज्यान गुमाएका नवलपरासी सुनवलका ४६ वर्षिय छविलाल चापागाईको परिवारलाई मलेसियावाट सहयोग रकम पठाईएको छ ।
सोहि कम्पनीमा कार्यरत रमेश भुर्तेलका अनुसार मृतकको परिवारलाई सहयोग स्वरुप रोजगारदाता कम्पनीले मलेसियन रिंगेट आरएम ३० हजार रिगेट दिने वताएको थियो सोहि अनुसार १२ हजार रिंगेट मृतकको श्रीमति पास कुमारी चापागाईंको नाममा पठाईसकेको छ । वाकि १८ हजार रिंगेट आउदो जुन २० तारिखसम्म महिनैपिच्छे २ हजारको दरले पठाईदिने कम्पनीले जनाएको छ ।
यसैगरी सोहि कम्पनीमा कार्यरत नेपाली तथा स्थानियहरुले ३ हजार ५५० रिंगेट अर्थात नेपाली रुपैयाँ रु .९९ हजार आर्थिक सहयोग गरेका छन । यसैगरी सोहि कम्पनीमै काम गर्ने अर्काेपोष्टमा कार्यरत स्थानीय मलेसियन तथा चाइनिजहरुले संकलन गरेको १ हजार ४३० रिंगेट अर्थात. ३९ हजार ६१८ रुपैयाँ नेपाल पठाईएको छ ।
यसैगरी जोहारवारुमा कार्यरत बलराम चापागाईंले१२ हजार ६४५ रुपैयाँ गरी नेपाल पठाएका छन । सवैगरेर लगभग पाँचलाख रुपैया जम्मा गरेर नेपाल पठाईसकिएको कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन । पोटकेलाङ मा रहेको इच होलिग फर्निचर कम्पनीमा उनी दुई वर्षदेखि कार्यरत रहेका थिए ।