१६ भाद्र २०७७, मंगलवार
छविलाल गिरी
रोजगारीको लागि मलेसिया पुगेका एक युवाको कम्पनीमा काम गरेकै अवस्थामा मृत्यु भएको छ ।
मलेसियाको पोर्टकेलाङमा रहेको इटिएच होल्डिङ्स एसडिएनविएचडिमा कार्यरत नवलपरासीका ४६ वर्षिया छविलाल चापागाईको मृत्यु भएको हो । मृतकका आफन्त रमेश भुर्तेलका अनुसार शनिवार दिउसो काम गर्ने क्रममा फोकलिष्ट दुर्घटनाहुदा काठ झरेर काठले चापागाईलाई च्यापेको थियो र घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोसमार्टमको लागि प्रहरीले स्थानिय अस्पतालमा लगिसकेको छ । मृतक चापागाई दुई वर्ष अगाडि मात्रै रोजगारीको लागि मलेसिया पुगेका थिए । चापागाईको परीवारमा श्रीमति र दुई छोरा रहेको वुझिएको छ