रामचन्द्र नेपाल
पाल्पामा पोहोर परारको सालमा भन्दा अचेल विजुली नियमित आउने गरेको छ ।

यस भन्दा अगाडिको वर्षहरुमा विजुली आउने जाने औधी गरी रहन्थ्यो । बत्ती बालेर भ्याउन पाएको छैन गैहाल्थ्यो । फोन गरेर सोध्यो भने बुटबलबाट गएको हो आउँछ भन्ने बाहेक अरु जवाफ पार्इँदैनथ्यो । तर अहिले भने त्यस्तो छैन ।

पाल्पा वितरण केन्द्रले विजुली किन गैरहन्छ नजाने बनाउन के के गर्न सकिन्छ ? भनेर निकै खोजी गरिरहेको छ । बिजुली गैहाल्यो भनेपनि जतिसक्दो छिटो बनाएर उपभोक्ताहरुलाई दिन थालेको छ ।
पाल्पा विरतण केन्द्रका प्रमुख इन्जिनियर दिलिप मरासेनी कसरी हुन्छ पाल्पाली जनताहरुलाई सधैभरि बिजुलीको उज्यालोमा राख्न सकिन्छ भनेर निकै लाग्नु भएको छ । समस्या आउना साथ समाधान गर्न आफै निकै कस्सिएर लाग्नु हुन्छ । पहिलेको तुलनामा राम्राकामहरु भैरहेका कारण पाल्पावासीहरुले मरासेनीको खुलेर प्रशंसा गर्दछन् ।
आज हामीले पाल्पा वितरण केन्द्रबाट के के कामहरु भएका छन् के के गर्न कार्यालयले खोजीरहेको छ भनेर यहाँहरुलाई जानकारी गराउन गैरहेका छाँै ।
पाल्पा वितरण केन्द्र, वितरण तथा ग्राहक सेवा निर्देशनालयको मातहतमा रहेको लुम्बिनी प्रादेशिक कार्यालय अन्तरर्गतको एक वितरण केन्द्र हो । यसको अफिस तानसेन नगरपालिका वडा नं. ४ मा रहेको छ । पाल्पा जिल्लामा बिजुलीलाई अझ ब्यवस्थित गराउनको लागि बजार क्षेत्र, बासँटारी, झुम्सा, हार्थाेक, अमलाबास, जुठापौवा, आर्यभन्ज्याङ, ताँहू र निस्दीमा फ्यूज सेवा राखिएको छ ।
यसैगरी बिजुली बालेको पैसा तिर्नको लागि तानसेनको अफिस, हार्थाेक, आर्यभन्ज्याङमा महसुल संकलन काउण्टर समेत रहेको छ भने अनलाईन मार्फत इ–सेवाबाट पनि पैसा तिर्न सकिन्छ अरु ठाउँहरुमा पनि प्रकृया मिलाएर महसुल काउण्टर राख्नको लागि पहल भैरहेको वितरण केन्द्रका प्रमुख इन्जिनियर मरासेनी बताउनुहुन्छ ।
पाल्पा वितरण केन्द्रमा अहिले विभिन्न किसिमका गरी १०५ जना कर्मचारीहरु रहेका छन् । उनीहरु सबैजना रातदिन नभनेर आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । पाल्पा जिल्लामा गत आर्थिक वर्ष भन्दा यो वर्ष एक हजार ६ सय ९५ जना ग्राहक थपिएका छन् । पाल्पामा अहिले ४०हजार ८ सय ४४ ग्राहक रहेको मरासेनीले जानकारी गराउनु भयो ।
गएको आर्थिक वर्षमा ३० थान ट्रान्सफर्मर वितरण गरेको र ८ वटा ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको थियो । यसैगरी निस्दीमा पहिलो पटक केन्द्रीय लाईन पु¥याएर मित्यालमा फ्यूज सेवा राख्न सफल भएको थियो ।

तानसेन तथा भुल्के खण्डको खानेपानी महसुलमा ग्राहक बर्ग परिवर्तन गरी करीव ५० प्रतिशत छुट गराउन पाल्पा वितरण केन्द्र सफल भएको र तानसेन खानेपानीको लागि छुट्टै ३३ केभीवे निमार्ण गरिएको इन्जिनियर मरासेनीले जानकारी दिनुभयो
यसैगरी ५३ जना कालोसूची ग्राहकवाट ८लाख१३हजार४सय९९ असुली गरेको,१०८६ ग्राहकको लाईन काटी६करोड,८९लाख,९०हजार,४ सय५रुपैयाँ संकलन गरेको थियो।

यसैगरी माथागढीको झडेवा,रहवास, जगात, धामिघा, भुटुके,तिनाउँको गिजनचौरमा केन्द्रीय लाईन संन्चालन गर्न सफल भएको छभने नेपाल टेलिकमको डेडिकेटेड ट्रङ्कलाईन वापतको १२ लाख,३३हजार,५सय,९रुपैयाँ रकम समेत भुक्तानी गर्न सफल भएको छ ।
गत आर्थिक वर्षमा निस्दीको वाकामलाङ, अधमरा, मोटेखर्क, विभोक, क्षेत्रीखर्क, मालाग्राम क्षेत्रमा विधुतीकरण गर्न सफल भएको छ भने मदनपुर र वाकामलाङका अन्य ठाउँमा लाईन विस्तार गर्न वितरण केन्द्र सफल भएको छ।यसैगरी गत वर्षमा ७०० वटा भन्दा धेरै काठका पोलहरु फेर्न पाल्पा विरतण केन्द्र सफल भएको इन्जिनियर मरासेनी बताउनुहुन्छ ।
वितरण केन्द्रले आउँदो आर्थिक वर्षमा बुटवल–पाल्पा ३३ केभी लाईनलाई भरपर्दाे बनाउने,तानसेन बजारमा लोड ब्यवस्थापन १५÷२० वर्ष सम्म केहि नहुनेगरी संरचना बनाउने,सामुदायिक संस्थाहरुलाई क्रमिक रुपमा खारेज गरी विद्युत प्राधिकरण मातहतमा ल्याउने,१०० प्रतिशत नै काठको पोल फेर्ने,माथागढीको जगातमा नो लाईट स्थापना गर्ने जस्ता योजनाहरु आफूहरुले अगाडि सारेको कार्यालय प्रमुख इन्जिनियर मरासेनी बताउनुहुन्छ ।
यतिधेरै कामहरु गरिरहेको भएपनि नेपालको पश्चिम क्षेत्रको विधुतीय प्रणालीमै समस्याआई सिस्टम गएको अवस्थामा बुटवलबाटनै विद्युत अवरुद्ध हुने,बुटवल पाल्पा हुँदै गुल्मीसम्म नै ३३ केभी लाईन जंगलको रुट हँुदै पाल्पा र गुल्मीसम्म जाँदा टाढा हुने भएकाले यो विचमा कतै समस्या आएमा पाल्पामा पुरै बिजुलीमा समस्या आउने भएकाले त्यसलाई समाधान गर्न वितरण केन्द्रले खोजीरहेको छ।

जसको लागि लाईन वरपरका अवरोध गर्ने रुखका हाँगाविगाहरु काट्ने,जम्परहरु मर्मत गर्ने, ट्रान्सफर मर्मत गर्ने, व्रेकर मर्मत गर्ने कामलाई निरन्तरता दिईरहेको छ । यसैगरी लामो ११ केभी फिडरहरु टुक्¥याउने कामको लागि नयाँ फिडर थप गर्ने लाइन निमार्णको काम गर्ने,लगायतका कामहरु गर्न वितरण केन्द्र लागिपरेको छ ।
यसैगरी पाल्पा जिल्लाको विद्युत निरन्तर र भरपर्दाे बनाउन नेपाल विद्युत प्राधिकरणले माडीफाँटमा निमार्ण गर्न लागेको २२०÷१३२÷३३÷११ केभीको सवस्टेशन जतिसक्दो छिटो निमार्ण सम्पन्न गर्नुपर्ने, त्यहाँ सवस्टेशन बन्ने जग्गा अधिग्रहण गर्ने क्रममा मुआब्जा विवादको कारण अधिग्रहण हुन नसकेकोमा सरोकार निकायवाट सहजीकरणको अपेक्षा लिएको छ ।

त्यस्तै विद्युत प्राधिकरणले रिडीमा बनाईरहेको १३२÷३३÷११को सव स्टेशन जति सक्दो छिटो बनाउन सरोकार निकायबाट सहजीकरणको अपेक्षा समेत राखेको कार्यालय प्रमुख इन्जिनियर मरासेनी बताउनुहुन्छ ।
पाल्पा विरतण केन्द्रले आर्थिक वर्ष २०८०,०८१मा विद्युत चुहावट नियन्त्रण तथा आय संकलन सम्बन्धिका कामहरुमा सक्रियतापूर्वक कार्य सम्पादन गरी तोकिएको लक्ष्य प्राप्त गर्न सफल भएकाले पाल्पा वितरण केन्द्रलाई नेपाल विद्युत प्राधिकरणको ३९ औ वार्षिकोत्सवमा सम्मानित गरिएको थियो।
यसैगरी २०८०÷०८१मा पाल्पा वितरण केन्द्र लुम्बिनी प्रदेशकै उत्कृष्ठ कार्यालय हुन सफल समेत भएको छ।
सरकारी कामहरु कसरी गर्नु पर्दछ ? कार्यालय प्रमुखहरुले जनताका े कुराहरु सुनेर कसरी अगाडि बढनु पर्दछ ? कामहरु गर्दा जनतालाई कसरी सँगै लिएर हिड्न सकिन्छ भन्ने कुरा काम गरेर देखाईदिनु भएको छ ।

पाल्पा विरतण केन्द्रका कार्यालय प्रमुख इन्जिनियर दिलिप मरासेनी । सधै हसिलो मुहार लिएर कार्यालय आएर जनताको सेवा दिईरहनु भएका इन्जिनियर मरासेनी जस्तै सवैले जोश जागर हिम्मत,लिएर आ–आफनो ठाउँबाट काम गर्ने हो भने यो देश तीव्र गतिमा विकासमा अगाडि बढने कुरामा दुइमत छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर