१० माघ २०७७, शनिवार

रोजगारीको लागि मलेसियामा ज्यान गुमाएका मध्ये  १८ जनाको शव र एक जनाको अस्तु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगको छ ।

मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० जहाजबाट १८ वटा शव नेपाल ल्याइएको हो । मलेसियमै सदगत गरिएका एक जनाको अस्तु पनि आएको छ ।

एकैपटक यति धेरै शवहरु आउदा आज विहान त्रिभुवन विमानस्थलमा संन्नाठा छाएको थियो ।

शवलिन पुगेका आफन्तहरुको रुवावासीले जो कोहि पनि त्यहाँ पुग्नेका आशु थामिएका थिएनन ।

शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याउनेछ ।

मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

मलेसियावाट ३ जनाको अस्तु सहित १३ शव नेपाल आयो

प्रतिक्रिया

सम्बन्धित खवर