१३ भाद्र २०७७, शनिवार.

रामचन्द्र नेपाल,

मलेसियावाट शुक्रवार १३ वटा शव नेपाल ल्याईएको छ । रोजगारीको लागि मलेसियामा मृत्यु भएकाहरुको शव नेपाल ल्याईएको हो । नेपाल आएका १६ वटा शव मध्ये तीन वटा शवको भने अस्तु मात्र ल्याईएको छ । कोरोनाभाइरसको महामारीका कारण नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनीहरुको शव ल्याउन सकिएको थिएन अन्ततः केही सीप नलागेपछि परिवारले उनीहरुको उतै दाहसंस्कार गर्न स्वीकृति दिएका थिए । नेपालमा रहेका आफन्तहरुले चित्त बुझाउनकै लागि शवको अस्तु (खरानी) मात्रै भए पनि ल्याइदिन आग्रह गरेपछि १३ वटा शव सहित तीनजनाको अस्तु समेत ल्याईएको हो । नेपाल एयरलाइन्सको चार्टर्ड वाइड बडी विमानमा तीन अस्तुसहित अन्य १३ शव नेपाल आएका हुन् । नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीका अनुसार सोलुखुम्बुका सुमन बस्नेत, काभ्रेपलाञ्चोकका रुपचन्द्र स्याङतान र गुल्मीका अम्मर बहादुर थापाको अस्तु पठाइएको हो । यसैगरी रुपन्देहीका माइमुदिन मुसलमान, संखुवासभाका टेकप्रसाद लिम्बू, भोजपुरका विनोद राई, बाराका जुगेश्वर महतो कोइरी, बाँकेका देवबहादुर राना, सर्लाहीका सुरेश राय, सिरहाका विन्देश्वर महतो, झापाका भुवन हलवाई, उदयपुरका होमबहादुर विष्ट, बाग्लुङका फटिक थापा, चितवनका शिवप्रसाद सापकोटा, सप्तरीका पुष्पनारायण चौधरी र बाँकेका आशनारायण प्रसाद कुशवाहको भने शव नै ल्याइएको थियो । नेपाल एयरलाइन्सको वाइड बडी चार्टर्ड उडानमा १३ शव ३ अस्तु र २६४ जना नेपाली आएका थिए । यसैगरी हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट १५४ जना नेपाली स्वदेश फर्किएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर