
काठमाडौं । तिहारको अवसर पारेर शर्ट फिल्म ‘तिहार’ सार्बजनिक गरिएको छ । जितेन्द्र राजोपाध्यायको लेखन, छायांकन सम्पादन तथा निर्देशन रहेको यस फिल्ममा सुगन तन्डुकार, कृष्णभक्त महर्जन, सरिता, अनामिका, बाबुराम शाक्य, समीर तन्डुकार, जोन जुनियर, डिकेश खड्की, आशिक थापा मगर र जयन कुमार मोक्तानको अभिनय रहेको छ । जितेन्द्र कार्की र संजील लामाले निर्माण गरेको यस फिल्ममा बिजेन श्रेष्ठको पार्श्व संगीत रहेको छ ।