इटहरी/ फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिने भएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म ‘अभियान’ को यहि भदौको १८ गते अर्थात आउदो शनिबार इटहरीमा अवस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गर्न लागिएको हो । दिउँसो २ बजेबाट गरिने प्रिमियर शोको अघि रेड कार्पेट पनि गरिने फिल्मका निर्माता तथा निर्देशक लाखमान योन्जत तामाङले बताए । इटहरीको प्रिमियरपछि यहि भदौको २५ गते तरहरामा र असोज १० गते काठमाडौको जमलमा प्रिमियर शो गरिने फाइनल भएको निर्माता निर्देशक तामाङले हामिलाई बताए । प्रिमियरको लागी लगभग तयारी अन्तिम चरणमा पुगेको छ । १६ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको साथ हेर्नू पर्ने भन्दै यो फिल्म अभियानले सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाएको छ । फिल्मको यसअघि एक ट्रेलर र पोस्टर इटहरीमा एक पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको थियो । लाखमान योन्जन तामाङको लेखन तथा निर्देशन रहेको ‘अभियान’ निर्माणमा ५५ लाख लगानी लागेको जनाइएको छ । ट्रेलर रिलिज तथा सेन्सर पास भएपनी फिल्मको प्रदर्शन मिति भने तय भएको छैन । यस्तै फिल्मको केही साताअघि क्यारेक्टर पोस्टरहरु समेत सार्बजनिक भैसकेको छ । स्व. जयनन्द लामालाई फ्रेममा राख्दै फिल्मका मुख्य कलाकारहरुको क्यारेक्टर पोस्टरहरु सार्बजनिक गरिएको हो । मैना घिसिङ निर्माता रहेको फिल्ममा स्व. जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा २ ओटा गीत समावेश गरिएको छ । जसको शब्दहरू पनि निर्देशक लामाले नै लेखेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङको रहेको छ । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर