काठमाडौं । टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग एक सातमा नै १ लाख दर्शकले हेरेर साथ दिएको उपलक्षयमा निर्माण यूनिटले केक काटेर खुशीयाली मनाएको छ ।

गत शनिबार रिलिज गरिएको भिडियो शुक्रबार १ लाख १० हजार बढी दर्शकले हेरिसकेपछि निर्माण यू्रनिटले भिडियोले राम्रो सफलता प्राप्त गरेको भन्दै हात्तिबनको क्लासिक तन्दुरी रिर्सोटमा केक काटेको निर्माता सुभाष पुरीले जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौँ युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यतालाई नजिकबाट केलाइएको छ । टेलिशृंखलामा बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । राजु गिरीको निर्देशनमा तयार भएको टेलिश्रृंखला ५२ भागसम्म प्रसारण्मा आउने निर्माता सुभाष पुरीले जानकारी दिए । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ ।

टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजनबाट साढे ८ बजे र परदेशी हजुर नामक युट्युबबाट साढे ६ बजे प्रसारणमा हुनेछ । सार्वजनिक टेलिश्रृंखलाको गीत समीक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द सृजना राजु बस्नेतको छन् । सुमन केसीको एरेन्ज रहेको गीतको संगीत संयोजन चन्द्र चौधरीको रहेको छ भने गीतमा संगीत नवीन कार्कीको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर