काठमाडौं । गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको ‘राधा प्यारी’ मा एरेन्ज विश्व अधिकारीको रहेको छ ।

किशोर थापाको मिक्सिगं मास्टरिगं रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ ।भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् । भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग गज्जबले खुलेकी छिन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयम्कै रहेको छ ।

प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् । ‘इनाक्छी इन्टरटेनमेन्ट’ बाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।

भिडियो हेर्नुहोस्ः.

प्रतिक्रिया

सम्बन्धित खवर