२०७८ पुष २०, मंगलवार

‘प्रेम गीत–३’को रिलिज डेट सरेको छ । फागुन १३ गते प्रदर्शन हुने भनिएको सो फिल्म प्रदर्शन मिति सारिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।


उनका अनुसार प्रदर्शनको अर्को मिति भने अहिले तोकिएको छैन । कोरोना संक्रमणको त्रासलाई मध्यनजर गरेर तोकिने छ । उनले भने, “हामीले प्रेम गीत–३ को पोष्ट प्रोडक्सनको काम नेपाल लगायत मुम्बइका दिग्गज टिमहरुबाट सम्पन्न गरेका छौं । यसको पर्दशन मिति फागुन १३ गतेलाई लच्छित गरेर विभिन्न प्रचारप्रसार सामग्री तयार भएसँगै दर्शक माझ पस्कने तयारीमा थियौँ,” “यसैक्रममा भारतीय वितरक समूहले दिएको सल्लाह र सिनेमा घरहरु बन्द हुने क्रम बढेको हुनाले नेपाल, भारत तथा विश्वभरी अलग–अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएकाले त्यसलाई हामीले स्वीकार गरेका छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर