रमेश भटटराई

आर के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालको नयाँ संस्करणका लागि छनोट कार्य सम्पन्न गरेको छ । बिजेताले देशको प्रतिनिधित्व गर्दै ‘मिस टुरिजम इन्टरनेसनल’, ‘मिस फेस अफ ब्युटी इन्टरनेसनल’, ‘मिस स्कुवा इन्टरनेसनल’, ‘मिस लण्डस्केप इन्टरनेसनल’, ‘मिस मल्टीनेसनल’ जस्ता अन्तरास्ट्रिय ब्युटी प्याजेण्टहरुमा सहभागी हुन पाउने भएका छन् ।

काठमाण्डौमा भएको फाईनल अडिसनमा ५० सुन्दरीहरुको सहभागी रहेको थियो । यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने अफिसियल कोरियोग्राफर रोजिन शाक्यले वताए ।

मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के.इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको आयोजकको दाबी छ । छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपयुक्त कक्षाबाट तालिम प्रदान गर्दै मंसिरको दोस्रो हप्तामा फ़ाईनल गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर