२ असोज २०७८, शनिवार

कक्षा १२ को परीक्षामा व्यस्त रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फोन गर्नुभएकाे छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोध्नुभएको थियो । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराउनुभएकाे छ ।

यस्ताे छ करिश्माकाे फेसबुक स्टाटस

फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली आयो, म छक्क परे । मजाक हो कि भन्ने पनि लाग्यो । तर, उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो ।
‘करिश्मा परीक्षा कस्तो भैरहेको छ ?’
‘हजुर ठिक छ सर, तपाई केपी ओली ?’
‘अँ हो, विश्वास लागेन ?’
‘लागेन सर ।’
अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो । आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ।

प्रतिक्रिया

सम्बन्धित खवर