तपाईले पैसा त कमाईरहनु भएको छ तर वचत भएको छैन । अव तलका टिप्सहरु पढनुस तपाईको पैसा जोगिनेमा थप मद्धत मिल्नेछ

१. उपहार योजनाबाट नलोभिनुस्। 

आफूलाई चाहिएको कुरा मात्र किन्नुस्  र आवश्यक परेको बेला मात्र किन्नुस्।

३.प्रलोभनबाट बच्नुस् ।

प्रलोभनबाट बच्नुस् कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस्।यस्तै कुनै चिट्ठा वा बाजी मार्ने कार्यबाट बच्नुस् ।

४. खानपानको खपत र खरिद

खानपानमा कत्तिको सौखिन हुनुहुन्छ ?  डिपार्टमेन्ट स्टोरबाट महँगा सामान खरिद गर्दा ठूलो पोषणयूक्त खाना आउँदैन । धेरै मिठा र महँगा खानपान शैलीले तपाईको आयू लम्ब्याउने होइन । खानपानको बजेटबारे ख्याल राख्नुस् खपत गर्ने सामान मात्र खरिद गर्नुस्।

५. पैसाको प्रयोग गर्न सिक्नुस्ः 

प्रयोग भइसकेका सामान किन्नुस् यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित।

६.अनावश्यक कुरा बेच्नुस।

तपाईसँग भएका अनावश्यक कुरा नराख्नुस् । त्यसलाई बेचेर पैसा कलेक्सन गर्नुस ।  ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस्।

७. आम्दानीलाई बचतमा लैजाने 

पैसा कमाउन मात्र होइन वचत गर्न जानियो भने मात्र मानिस धनी बन्छ ।
कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ ।

८. पैसाको सदुपयोग । 

धनी बन्न त्यति सजिलो छैन । मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ ।

९. अर्थशास्त्री स्टुअर्ट रदरफोर्ड लाईको भनाई ख्याल 

स्टुअर्टले भनेका छन्–बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरीबहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । तर, २ र ४ हजार वचत गरेर के नै हुन्छ र भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ।

१०. फजुल खर्च कटौती । 

आजको स– सानो बचतले भोलि तपाईलाई ठुल्ठुला आर्थिक भारबाट जोगाउन सक्छ । त्यसैले आफ्नो कमाइबाट बचत गर्नुहोस् । तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने रु त्यो यकिन गर्नुहोस् । म यति रुपैयाँचाहीँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ ।

११. दैनिक १० रुपैयाँले वर्षमा ३६५० पुग्छ ।

एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन । तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ । एक वर्षसम्म दैनिक १० रुपैयाँ मात्रै जम्मा गर्ने हो भने एक वर्षमा करिव ३,६५० रुपैयाँ हुँन्छ । तपाईं सिगरेट पिउनुहुन्छ भने दिनको एउटा सिगरेट कम गर्नुहोस् । र, त्यो पैसा बचत गर्नुहोस् ।

१२. वित्तिय संस्थामा पैसा राख्नुस् । 

अनि यसरी बचत गरेको पैसा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाहरुमा राख्नुहोस् । यी संस्थाहरुले ब्याज दिन्छन् । र, तपाईको पैसाको सुरक्षा पनि राम्रो हुन्छ ।
बैंकको ब्याजले मात्रै पनि पुग्दैन । त्यसैले यसरी बचत गरेको पैसाले बीमा गर्नुहोस् । बीमा गर्नुभयो भने तपाईंले आफ्नो लाखौंको जोखिम न्यूनिकरण गर्न सक्नुहुन्छ । बीमा गर्नका लागि खर्च गरिएको रकम पनि बचत नै हो ।

*विभिन्न एजेन्सीको सहयोगमा 

 

प्रतिक्रिया

सम्बन्धित खवर