१८ भाद्र २०७७, बिहिवार

एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यस्तै छ । यो तथ्य नेपालको भने होइन, अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीको कहानी हो ।


उनले निरन्तरको कडा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् ।

समाचार माध्यमहरुका जनाइएअनुसार, चेल्सी पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो कामबाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन् ।

सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् । लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो । उनको इन्स्टाग्राममामात्र ४६।६ लाख फलोअर छन् ।

उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर