विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी बुढीगंगा गाउँपालिकाको आयोजनामा‘बुढीगंगा औद्योगीक,कृषि तथा सहकारी महोत्सव २०७९’हुने भएको छ | फाल्गुन २६ गते देखि चैत्र ६ गते सम्म लाग्ने महोत्सवको आवश्यक तयारी पूरा भएर २८ गते आइतबार दिउँसो ३ बजे उद्घाटन हुने आयाेजकले बताएकाे छ ।

बुढीगंगाको पहिचान,हाम्रो अभियान भन्ने नारा सहित स्थानीय सरकार साथै प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जानकारी गराएको छ । साथै ग्रामीण बजारको विस्तारसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको प्रवर्द्धन गर्ने, लोप हुन लागेका लोककला संस्कृति र साहित्यको जगेर्ना गर्ने, गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचार-प्रसार गरी धार्मिक स्थलहरूको संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको मेलाका अध्यक्ष राघव कोइरालाले जानकारी दिए ।

महोत्सवमा व्यापार व्यवसायलाई अभिबृद्धि गर्नका लागि अहिले ५० वटा स्टलहरू राखिएको र केही दिनपछी ५० वटा स्टलहरू थप गरिने आयोजकले जनाएको छ।दैनिक उपभोग्य वस्तु तथा सेवाहरू, जडिबुटि कृषि उत्पादन साथै कृषि प्रदर्शनी महाेत्सवमा रहने भएको छ । साथै इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स, अटोमोबायल ,लुब्रिकेन्ट्स, मोबाइल तथा सूचना प्रविधि समावेश उल्लेख्य गरिएको छ । साना तथा घरेलु उत्पादन , हस्तकलाका सामग्रीहरू, गार्मेन्टस र फुटवेयर फलफूल साथै पुष्प प्रदर्शनी हुने आयाेजकले जानकारी दिएको छ । जातिय पहिचानका सामग्रीहरू,साना तथा घरेलु उत्पादनका कपडाहरू, बाँसको हस्तकला, ढाकाका कपडाहरू रहने आयाेजकले बताएको छ । त्यस बाहेक मेलास्थलमा साँस्कृतिक कार्यक्रमसँगै फुलको बगैँचा,सेल्फी स्टेन लगायत रहेको आयोजकको जनाएको छ ।

महाेत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकार प्रमोद खरेल,रचना रिमाल, एलिना चौहान,ज्योती मगर, सुगम पोखरेल,महेश काफ्ले, मिस्टर डी , भोजपुरी गायिका प्रिती पासवान,अन्जु कुसमी सुशीला कार्की लगायत थुप्रै कलाकारहरुकाे प्रस्तुति रहने मेलाका साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर