२०७८ आश्विन २४, आईतवार

टूथपेस्ट – टूथपेस्टको प्रयोगले सजीलैसँग मसीको दाग हटाउन सकिनेछ । जहाँ मसीको दाग छ त्यहाँ टूथपेस्ट लगाउनुहोस् । जब यो सुख्खा हुन्छ, यसलाई राम्रो डिटर्जेटले धुनुहोस् । दाग हट्नेछ ।

दूध– जुन कपडामा मसीको दाग लागेको छ त्यस कपडालाई रातभर दूधमा भिजाएर राख्नुहोस् । बिहान डिटर्जेटले सफा गर्नुहोस् ।

नेल पोलिश रिमुभर– कपासको एक टुक्रामा नेल पोलिश रिमुभर लगाउनुहोस् । यसलाई कपडामा लागेको मसीमा हल्कासँग रगडेर सफा पानीले धुनुहोस् । यसले मसीको दाग जानेछ ।

शेभिंग क्रीम – मसीको दागमा शेभिंग क्रीम लगाउनुहोस् । यसलाई ब्रशको मद्दतले दागमा रब गर्नुहोस् । लगभग २० मिनेटसम्म दागमा शेभिंग क्रीम रहन दिनुहोस् । त्यसपछि डिटर्जेटलेसफा गर्नुहोस् । यसले मसीको दागलाई हल्का पार्नेछ ।

नुन – यदि मसी भिजेको र ताजा छ भने, त्यसमा नुन छर्कनुहोस् र यसलाई ब्रशले राम्ररी सफा गर्नुहोस् ।

अल्कोहल– अल्कोहल कपडाबाट मसीको दाग हटाउन सबै भन्दा राम्रो विकल्प हो । दागमा थोरै अल्कोहल रगडेपछि, यसलाई डिटर्जेटमा डुबाउनुहोस् । केही समय पछि लुगा धुनुहोस् ।

नुन र कागती – एक चम्चा कागतीको रसमा नुन राम्रो संग मिलाउनुहोस् । बिस्तारै ब्रशको मद्दतले मसीको दागमा उक्त मिश्रण रगड्नुहोस् । त्यसपछि डिटर्जेटले धुनुहोस् ।

कपडाको टुक्रा – यदि ऊनीको कपडामा मसीको दाग छ भने कपडाको एक सानो टुक्रा लिनुहोस् । यसलाई स्प्रीटमा भिजाउनुहोस् । दाग लागेको ठाउँमा लगाएपछि चिसो पानीले धुनुहोस् । यसले दागबाट छुटकारा दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर