२२ श्रावन २०७८, शुक्रवार

मानिसहरुलाई बस, टयाक्सी, हिडदा उल्टी आउने गर्दछ । कहिलेकाहि खानपिन नमिलेर,अनि केहिले काहि ग्यास्टिकको कारणले पनि उल्टि आउने गर्दछ । यहाँ हामिले विभिन्न एजेन्सीहरुको सहयोगमा उल्टि आउदा कसरी रोक्ने भनेर केहि जानकारीहरु राखेका छौ ।

उल्टी रोक्ने घरेलु उपायहरु

तुलसीलाई पिसेर रस पिउनाले पनि उल्टी रोक्न सकिन्छ यसैगरी तुलसीको रसमा मह मिसाएर पिउदा पनि फाईदा गर्छ ।

लगातार उल्टी आउनाले शरीरमा पानीको मात्रा कम हुन्छ ।जसले गर्दा अझ बढी उल्टी हुन सुरु हुन्छ । यसका लागि एक गिलास पानीमा केही मात्रामा कागतीको रस,एक चम्चा चिनी र नुन मिलाएर पिउने ।
प्याजले उल्टी रोक्नको लागि निकै मद्धत गर्दछ । एक चम्चा प्याजको रसमा एक चम्चा अदुवा पिसेर मिसाउने र केही समय पछि पिउदा उल्टि रोक्न सहयोग पुग्दछ ।
प्याज र धनियाको रस मिसाएर पिउनाले पनि फाईदा हुन्छ ।

अदुवा र कागतीको रस बराबर मिलाएर पिउदा पनि उल्टि रोक्न मद्धत मिल्छ ।
एक चम्चा अदुवाको रसमा थोरै मात्र नुन र कालो मरिचका पाउडर मिलाएरु पिउनाले पनि उल्टी रोक्न सकिन्छ । यहाँ भनिएका सवै घरेलु औषधि हुन तर वारम्वार उल्टि हुन थाल्यो भने डक्टरलाई देखाईहाल्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर