मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

https://amzn.to/4myfPN5

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज भाग्यले साथ दिनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

 कसै कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा  रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । पुनर्मिलनको योग पनि छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर