
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातामा मन खुसी रहनेछ । रोकिएको धन हात पर्ला । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता धार्मिक क्षेत्र र रमणीय यात्राको योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
चिताएको कामले तीव्रता लिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो हप्ता नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमी वा प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सोचेभन्दा आम्दानी बढ्नेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता अनावस्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा शुभकायको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा रोकिएका अधूरा काम पुनः सुरू हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । पदोन्नतीको सम्भावना प्रवलछ । सन्तानबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । भौतिक साधन जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता सामाजिक र राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग कालो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभ कार्यमा सरिक भाईनेछ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पर्पल वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।