मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिको लागि यसपालिको प्रेम दिवस खुसिले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछ । आजको दिन उत्साहपूर्ण रहनेछ ।

https://amzn.to/4myfPN5

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वृष राशिको लागि यसपालिको प्रेम दिवसमा प्रेमीले मनको कुरा भन्न पाउनेछन् । आजको दिन उत्साहित र रोमान्टिकपूर्ण रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिथुन राशिको लागि यसपालिको प्रेम दिवसमा वाणीमा सम्यमता नअपनाए प्रेम र मनोरञ्जनमा उलझनको सामना गर्नु पर्ला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशिको लागि यसपालिको प्रेम दिवसमा टाढिएका साथी नजिकिनेछन् । नयाँ व्यक्तिको पहिचान पनि हुनसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशिको लागि यसपालिको प्रेम दिवस सामान्य रहनेछ । यति धेरै मायाँ गर्ने साथी पाउनु भएकोमा तपाईं खुसी हुनु होस् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशिको लागि यसपालिको प्रेम दिवसमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिने र अरूलाई प्रभावित बनाउन सक्नुहुन्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला राशिको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराऊन सक्छन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक राशिको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार दिन सक्छन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशिको लागि यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ, तर साँझमा साथीले सरप्राइज दिन सक्छन् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मकर राशिको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाईलो यात्रा हुनेछ । पूरै दिन रोमांटिकमय हुने र खर्च पनि बढ्ने हुन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यसपालिको प्रेम दिवसमा अकस्मात कसैले प्रेम प्रास्ताव राख्न सक्छन् या यदि कसैलाई मन पराउनु हुन्छ भने प्रेम प्रास्ताव राख्नु उपयुक्त हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यसपालिको प्रेम दिवसमा साथीले सरप्राइज दिन सक्छन् । तपाईंको साथी दिनभरी तपाईंसँगै दिन बिताउनु हुनेछ र महत्त्वपूर्ण निर्णय लिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर