२२ पौष २०७७, बुधवार

आजको राशिफल बि.सं.२०७७ साल पुष २२ गते बुधबार ई. सं. २०२१ जनवरी ६ नेपाल सम्बत ११४१ थिंलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण अष्टमी, चन्द्रमा कन्या राशिमा ४ः४९ सम्म त्यसपछि तुला राशिमा, हस्ता नक्षत्र ५ः.२९ सम्म त्यसपछि चित्रा नक्षत्र, अतिगंड योग १२ः३० सम्म त्यसपछि सुकर्मा योग, बालव करण ३ः३१ सम्म त्यसपछि तैतल करण ।

नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण पर्व तथा दिवश परेको छैन ।

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५६ मिनेट देखि ९ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

  • Sign

    मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन। तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन। कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन। प्रेमी÷प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । विद्यार्थीहरूले पुरस्कार वा सम्मान प्राप्त गर्ने दिन छ ।

  • Sign

    बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)आजको चिन्तन र उपायले काम गर्नसक्छ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । छात्रछात्राको पठनपाठनमा राम्रो प्रगति हुने समय छ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आम्दानीका मार्गहरू खु्ल्ला रहनेछन। विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन। अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन।

  • Sign

    मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)आज चतुर्थ भावमा रहेको चन्द्रमाले घरगृहस्थीका झिनामसिना काममा खट्ने प्रेरणा प्रदान गर्नेछ । छरछिमेकी वा साथीभाइका क्रियाकलाप देखेर दिक्क मान्न सकिन्छ । कुनै किसिमको झैझगडा र वादविवाद हानिकारक बन्ने भएकाले सतर्क रहनु पर्छ । किशोर किशोरीमा देखिएको रागात्मक मनोभावनाका कारण निराशा हुनेछ । भाइबहिनी र सन्तानपक्षका समस्या र क्रियाकलापसमेत चित्त बुझ्दो हुँदैन । छात्रछात्राले मनोरञ्जन र खेलवाडमा भुलिनाले पढाइ बिगार्ने समय छ । तर परदेशमा बस्ने वा वैदेशिक रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन। मातापिता वा अभिभावकसँग कुराकानी गरी खैखबर लिनु उचित हुनेछ ।

  • Sign

    कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । विद्वान र प्राज्ञिक व्यक्तिहरूसित सुमधुर सम्बन्ध कायम हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । छात्रछात्राले साथीभाइको सहयोगले पठनपाठनमा देखिएको समस्या निदान हुनेछ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

  • Sign

    सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)आज नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउने छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता पाइने छ । सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । छात्रछात्राले कुनै नयाँ विषयको जानकारी लिने दिन छ । मन फुरुंग हुनाले आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण समेत बन्नेछ ।

  • Sign

    कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन। सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । खेलबाड र मनोरञ्जनात्मक क्रियालापले विद्यार्थीको पठनपाठन प्रभावित बन्ने दिन छ ।

  • Sign

    तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)आज बाह्रौं चन्द्रमा भए पनि अन्य ग्रहको शुभ प्रभाव भएकाले खासै नराम्रो दिन छैन । तर सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना बनेको छ, सचेत हुनुहोला । दानपुण्य र परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ, सार्वजनिक हीत र परोपकार क्षेत्रमा गरेका लगानीको शुभ परिणाम प्राप्त हुनेछ । रोकिएको आर्थिक कारोबारले गति लिनेछ । खासगरी शैक्षिक प्रयोजनको काममा छात्रछात्राले विदेशयात्राको काम थाल्न आजको दिन अनुकूल हुनेछ । मानसिक एवं बौद्धिक दबाब सिर्जना हुनसक्छ । घरिघरि मन अशान्त बन्नसक्छ, सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । तर नयाँ व्यवसायमा लगानी नगर्नु राम्रो हुन्छ ।

  • Sign

    बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)आत्मबल बढ्ने छ । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ, छात्रछात्राले उन्नति गर्ने दिन हो । शत्रुहरू पराजित हुनेछन। मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन। सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने र लाभ लिन सकिने समय छ ।

  • Sign

    धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)पितृस्थानमा रहेको चन्द्रमाका कारण वंश, कुल र पितृपक्षका विषयमा घोत्लिन मन लाग्नेछ । हाकिम वा अभिभावकका विचारले प्रभावित तल्याउन सक्छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसित भेटघाट हुने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कर्मक्षेत्रमा मिहिनेतका साथमा खट्ने समय छ । आम्दानीको बाटो सहज छ । बन्दव्यापार र कारोबारबाट राम्रो प्रतिफल आउने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । पारिवारिक सम्बन्ध सामान्य ढंगले अघि बढ्ने छ । रोजगारीको प्रयासमा रहेका छात्रछात्राका लागि शुभ दिन देखिन्छ ।

  • Sign

    मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र बृद्धबृद्धाको सहयोग गर्नाले भाग्य अभिबृद्धिमा सघाउ पुग्नेछ । पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । आन्तरिक प्रतिभाको प्रस्फुटन हुनाले छात्रछात्राले नयाँ ज्ञान प्राप्त गर्ने समय छ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तल्याउने अवसर प्राप्त हुनेछ ।

  • Sign

    कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)झिनामसिना र सानातिना घरायसी कामहरूमा आजको समय व्यतीत हुनेछ । आठौं घरमा चन्द्रमा रहेको छ, तर राशिमा शुभग्रहको दृष्टि रहेकाले समस्या देखेर भाग्नु हुँदैन, सफलता तपाईंको मुट्ठीमा छ, नत्र पछुतो हुनसक्छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । मिहिनेत र परिश्रमका साथ गरिएको कामबाट लाभ हुनेछ । समग्रमा प्रयास गरेमा धन, धर्म र भाग्यबल स्थापना गर्ने राम्रो मौका छ । छात्रछात्राले चाहेको उपलब्धी प्राप्त गर्न सक्नेछन तर प्रणय र प्रेमप्रसङ्गमा भुलिनु राम्रो हुँदैन । स्वास्थ्य पक्षमा देखिएको कमजोरी क्रमशः हट्दै जानेछ ।

  • Sign

    मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । पढाइलेखाइमा सफलता पाउन छात्रछात्राले मनोरञ्जनात्मक क्रियाकलापबाट टाढा रहनुपर्छ । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर