१६ पौष २०७७, बिहिवार

सन् २०२० को आज अन्तिम दिन । सन् २०२० मा कोरोनाका कारण मानिसहरुले असाध्यै समस्या झेल्नु पर्‍यो । अब मानिसहरु सन् २०२१ बाट निकै आशावादी छन् । आगामी वर्ष निकै राम्रो हुनेछ भन्ने अपेक्षा अधिकांशको छ ।

https://amzn.to/4myfPN5

सन् २०२१ मा तपाईंको जीवन कस्तो हुनेछ ? विभिन्न ज्योतिषिहरुले प्रेम, जागिर, स्वास्थ्य, व्यायार, शिक्षा तथा पारिवारिक क्षेत्रमा सन् २०२१ ले तपाईंका लागि के लिएर आएको छ भन्ने कुराको जानकारी दिएका छन् । साथै उनीहरुले नयाँ वर्षमा कुन राशिले भाग्यको कत्तिको साथ पाउने छ भन्ने कुराको बारेमा समेत जानकारी दिएका छन् ।

सन् २०२१ को वार्षिका राशिफल :

मेष

सन् २०२१ मेष राशि भएकाहरुका लागि सर्वोत्तम हुने छ । त्यसो त, यो वर्ष तपाईंलाई केही शारीरिक कष्ट पनि हुनसक्छ, तर आर्थिक रुपले भने अवस्था राम्रो हुनेछ । तपाईंका रोकिएका सम्पूर्ण कार्यहरु पुरा हुनेछन् । यो वर्ष तपाईंले थुप्रै राम्रा निर्णयहरु लिनु हुनेछ । जागिरमा प्रगति हुनेछ र यो वर्ष तपाईंको व्यवसाय पनि बढ्ने छ । वर्षको पहिलो चार महिनामै परिवर्तन देखिने छ । पैसाको प्रसंगमा सावधानी अपनाउनु होला, अन्यथा आकस्मिक धनहानि हुन सक्नेछ ।

वृष

वृष राशि भएकाहरुले सन् २०२१ मा स्वास्थ्यमा ध्यान दिनु पर्छ । मानसिक शान्तिका लागि योग गरिरहनु होला । यो वर्ष ऋणसंग सम्बन्धित समस्याहरु अन्त्य हुनेछन् । सन् २०२१ बुधको अंकले बनेको छ, जुन वृष राशिका लागि आर्थिक रुपले निकै राम्रो हुनेछ । यो वर्ष तपाईंका विभिन्न प्रकारका अवगुणहरु टाढा हुनेछन् । शुक्र तथा शनिका कारणले व्यापारमा वृद्धि हुनेछ । दाम्पत्य जीवन राम्रो रहने छ । राहुको कारणले प्रारम्भमा केही समस्या हुनसक्छ, तर मे महिनापछि फाइदा हुनेछ ।

मिथुन

मिथुन राशिका मानिसहरुमाथि शनिको अढैया चलिरहेको छ, जसका कारण यो वर्ष उनीहरुका लागि उतार–चढावले भरिपूर्ण हुनेछ । तपाईंले विभिन्न प्रकारका चुनौतिहरुको सामना गर्नु पर्नेछ । सूर्यका कारणले आत्मबल मिल्नेछ, जसबाट तपाईंले सबै समस्याहरुलाई किनारा लगाउन सक्नु हुनेछ । सन् २०२१ बुधको वर्ष हुनेछ । वर्षको प्रारम्भमा तपाईंका केही कामहरु बन्न सक्नेछन् । नीजि जीवनमा समस्या आउन सक्छ, तर तपाईंले संयमता अपनाउनु पर्नेछ । यो वर्ष तपाईंका लागि सामान्य रहने छ ।

कर्कट

यो वर्षले कर्कट राशि भएकाहरुका लागि धन लाभ लिएर आएको छ । यो वर्ष तपाईंको जीवनमा केही ठूलो परिवर्तन आउन सक्नेछ । चन्द्रमा आफ्नै राशिमा विद्यमान छ, जसबाट तपाईंको भाग्योदय हुनेछ । प्रारम्भिक महिनाहरुमा तपाईंको स्वास्थ्य बिग्रन सक्नेछ, तर अप्रिल ५ देखि डिसेम्बरसम्म तपाईंको स्वास्थ्य राम्रो रहनेछ । कार्य क्षेत्रको दृष्टिकोणले यो वर्ष राम्रो रहनेछ । जागिर तथा व्यवसायमा सफलता मिल्नेछ । सन् २०२१ तपाईंका लागि सफलताले भरिपूर्ण रहनेछ । कुल मिलाएर यो वर्ष तपाईंका लागि उत्तम रहने छ ।

सिंह

सन् २०२१ मा तपाईंको निर्णय लिन सक्ने क्षमता बढ्नेछ । स्वास्थ्यलाई लिएर कुनै प्रकारको लापरवाही नगर्नु होला । मे महिनामा जीवनसाथीसंग विवाद हुन सक्नेछ । खानपिनमा ध्यान दिनु पर्नेछ, अन्यथा स्वास्थय बिग्रन सक्नेछ । व्यापारमा सोचविचार गरेर लगानी गर्नु होला । यो वर्ष तपाईंका सबै रोकिएका कामहरु पुरा हुनेछन् । जून तथा डिसेम्बर महिनामा विशेष सावधानि अपनाउनु पर्नेछ । विद्यार्थीहरुका लागि भने यो वर्ष उत्तम रहने छ ।

कन्या

सन् २०२१ कन्या राशि भएकाहरुका लागि निकै राम्रा रहनेछ । यो वर्ष व्यापार तथा प्रोपर्टीमा निकै ठूलो लाभ मिल्नेछ । यो वर्ष दुर्घटना तथा चोटपटकबाट बच्नु पर्ने छ । छाला र हड्डीको समस्याले सताउने सक्नेछ । बुधका मन्त्राहरुको जप गर्नु होला । गुरुले केही हानि पुर्‍याउन सक्नेछन् । विदेशबाट धन लाभ मिल्न सक्नेछ । यो वर्ष तपाईं कर्मप्रति समर्पित रहनु हुनेछ । पुष्य नक्षत्रबाट लाभ मिल्नेछ । यो वर्ष तपाईंका लागि औषत रहने छ ।

तुला

सन् २०२१ तपाईंका लागि निकै ठूलो परिवर्तन लिएर आएको छ । यो वर्ष तपाईंले आफ्नो मनमाथि नियन्त्रण राख्नु पर्नेछ । मांगलिक मानिसहरुले चिना मिलाएर मात्र विवाह गर्नु होला । आर्थिक रुपले यो वर्ष निकै राम्रो हुनेछ, तर १७ मार्चपछि स्वास्थ्यले दु:ख दिन सक्नेछ । राहुका कारणले स्वास्थ्यमा समस्या आउन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनु होला ।

वृश्चिक

सन् २०२१ मा वृश्चिक राशिका मानिसहरुले निकै मेहनत गर्नु पर्ने छ र तपाईंको यो मेहनतको परिणाम पनि मिल्नेछ । बढी कामको कारणले दिक्क हुनु हुनेछ । यो वर्ष स्वास्थ्य सामान्य रहने छ । विवाहका लागि यो वर्ष राम्रो छ । करियरमा परिवर्तन हुन सक्नेछ । जागिर छाडेर व्यवसाय अथवा व्यापारमा आउन सक्नु हुनेछ । लगानीका लागि यो वर्ष उत्कृष्ट छ । सन्तानको करियरका कारणले चिन्तित रहनु हुनेछ ।

धनु

धनु राशिका लागि यो वर्ष निकै राम्रो रहने छ । सूर्य तपाईंको भाग्य लग्नमा बसेको छ । वर्षको प्रारम्भिक महिनामा केही कष्ट आउन सक्नेछ, तर राहुको प्रभावबाट राम्रो परिणाम मिल्नेछ । कहिलेकाहिं उतार–चढाव आउन सक्नेछ । स्वास्थ्य, व्यापार तथा जागिरका लागि राम्रो योग बनेको छ । थोरै सम्हालिएर चल्नु पर्ने आवश्यकता देखिन्छ ।

मकर

मकर राशि भएकाहरुका लागि सन् २०२१ सर्वोत्तम रहने छ । यो वर्ष तपाईंको स्वास्थ्यसंग सम्बन्धित समस्याहरु समाप्त हुनेछन् । अप्रिलपछिको अवस्था राम्रो हुनेछ । आलस्यलाई त्याग्नु होला तथा चरित्रलाई ठिक राख्नु होला । दाम्पत्य जीवन सुमखय रहने छ । विदेशबाट धनलाभ मुहन सक्नेछ । यो वर्ष तपाईंका लागि सफलताहरुले भरिपूर्ण हुनेछ ।

कुम्भ

कुम्भ राशि भएका मानिसहरुका लागि सन् २०२१ राम्रो रहने छ । विशेषगरि अप्रिलपछिको समय उत्कृष्ट हुनेछ । यो वर्ष तपाईंलाई धनलाभ हुनेछ र नयाँ जीवनको थालनी हुनेछ । धनको आगमनको तुलनामा खर्च कम हुनेछ र तपाईंको आर्थिक स्थिति मजबूत हुनेछ ।

मीन

मीन राशि भएकाहरुका लागि यो वर्ष निकै शुभ रहने छ । तपाईंको रोकिएका सम्पूर्ण कार्यहरु पुरा हुनेछन् । पैसाको मामलामा यो वर्ष निकै नै राम्रो रहनेछ । यो वर्ष तपाईं कर्मको क्षेत्रमा पूर्ण रुपले समर्पित रहनु हुनेछ, जसका कारण निकै राम्रो परिणाम पाउनु हुनेछ । सन् २०२१ तपाईंका लागि निकै नै राम्रो हुनेछ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर