१९ असोज २०७७, सोमवार

सोमबार थप २ हजार ४४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ।


त्यस्तै यस अवधिमा १ हजार १३३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक थप १९ जनामा कोरोना पुष्टि भएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। यस दिन १३ हजार ७८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर