१० असोज २०७७, शनिवार

लगातारको भारी बर्षाका कारण सप्तरीको विभिन्न ठाउँ डुबानमा परेको छ । सर्वसाधारणको घरदेखि कतिपय सरकारी कार्यालय समेत डुबानमा परेको हो ।

सदरमुकाम राजविराजसहित विभिन्न ठाउँका खोलामा आएको बाढीले गाउँघर डुबानमा परेको छ । ढल निकास नहुँदा राजविराज नगरपालिकाको  झण्डै ५ सय घरमा बाढी पसेको छ ।

बर्षाको पानीले गजेन्द्र चोक सिरहा रोड, अदालत रोड लगायतका क्षेत्र जलमग्न भएका छन् । घर सडकमा पानी जमेका कारण आवत जावत गर्न समेत समस्या भएको छ । यस्तै खाडो खोला र जिता नदीको बाढी पस्दा तिलाठी कोईलाडी गाउँपालिका, बेल्ही टोल र हनुमाननगर कंकालिनी नगरपालिका ९ रम्पुरा मल्हिनयाका ५० घर डुबानमा परेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकाको साप्ताहिक हाट बजार लाग्ने स्थान र हाम्रो घर आँगनबाट कोशी बगिरहेको छ ।

यस्तै बलान नदीको बाढीले बलान बिहुल गाउँपालिका २ स्थित पश्चिमी तटबन्ध कटान गर्न थालेको र आफुहरु जोखिममा परेको स्थानीयले बताएका छन् । २ महिना अघि पनि आएको बाढीले सो क्षेत्रको ८ सय मिटर तटबन्ध कटान गरेको थियो  । बाढीको उच्च जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सुरक्षा निकाय हाईअलर्ट अवस्थामा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर