२१ आषाढ २०७८, सोमवार

मनाङको नासों गाउँपालिका वडा नम्बर ५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ । नासों गाउँपालिका प्रवक्तासमेत रहेका ५० वर्षीय पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो ।

पुनेल कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।  हृदयघात भएपछि पुनेललाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएको थियो ।  उपचारकोे क्रममा पुनेलको मृत्यु भएको हो । वडाध्यक्ष पुनेलका आमा, श्रीमती र ५ छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर