११ पौष २०७७, शनिवार

रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरवास स्थित सुलिथुम्का डाँडामा भ्यू टावर बन्ने भएको छ । भ्यू टावरको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का र खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तमाङले संयुक्त रुपमा शिलान्यास गर्नु भयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

टावर निर्माणपछि रामेछाप, दोलखा, सिन्धुली र काभ्रे जिल्लाका अधिकांश भागको दृश्यावलोकन गर्न सकिने छ

वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास योजनाद्वारा निर्माण हुने सो टावरको लागत २ करोड ८९ लाख ६३ हजार ७ सय ७२ रुपैँया रहेको छ । शौचालय सहितको पाँचतले भ्युटावर २०७८ जेठ महिनासम्म निर्माण सम्पन्न गर्ने गरी सुनकोसी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर